logo
शुक्रबार, साउन २९ २०८३

दिलमाया फाउण्डेसन द्धारा सांस्कृतिक अभियन्ता बुद्धिराज सम्मानित


  • कुइनेटो न्युज
  • मंगलबार, बैशाख ९ २०८२

शिवसताक्षी ।दिलमाया फाउण्डेसनद्धारा ‘परोपकारी उत्कृष्टता पुरस्कार–२०२५ बाट) सांस्कृतिक अभियन्ता चापेता सेर्मा (बुद्धिराज ) सम्मानित हुनुभएको छ ।

फाउण्डेसनले चापेता सेर्मा सहित फरकफरक क्षेत्रमा योगदान गर्ने ६ जना युवाहरुलाई सम्मान गरेको हो । हङकङमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका युवाहरुलाई सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष खुशी लिम्बुले जानकारी दिनुभयाे ।

आइतबार साँझ जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा दिलमाया मेमोरियल फाण्डेसनको अक्षयकोष स्थापनार्थ ‘दिलमाया च्यारिटी सांगीतिक साँझ’ कार्यक्रमको अवसरमा फाउण्डेसनले कवि तथा लेखक जूनु दिव्या रानालाई ‘साहित्य तथा सामाजिक प्रभावमा उत्कृष्टता पुरस्कार– २०२५’, संचारकर्मी अनोज रोक्कालाई ‘पत्रकारिता तथा संचार पुरस्कार–२०२५’, संस्कृति अभियन्ता चापेता सेर्मालाई ‘परोपकारी उत्कृष्टता पुरस्कार–२०२५’, व्यवसायी अभिषेख बराललाई ‘युवा उद्यमशीलता पुरस्कार–२०२५’, संगीतकर्मी साक्थिम योङ्यालाई ‘म्युजिक अवार्ड–२०२५’ र खुशी गुरुङलाई ‘कम्युनिटी इन्गेज–२०२५’ द्धारा सम्मानित गरेको हो । गुरुङ भने कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो

सम्मानितहरुलाई फाउण्डेसनका अध्यक्ष खुशी लिम्बु, कार्यक्रमकी प्रमुख अतिथि अरुणा गुरुङले खादा, ट्रफी र सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।

अवार्ड बितरण कार्यक्रमलाई चलचित्र निर्देशक युगल पोमुले सहजीकरण गरेका थिए ।

को हुन सम्मानित चापेता सेर्मा ?

चापेता सेर्मा भूतपूर्व गोर्खा सैनिक पिता स्वः सुख बहादुर सेर्मा र आमा स्वः जसमाया सम्बाहाम्फेको कोखबाट सन् १९७० मा हङकङमा जन्मिएका हुन् । ५ वर्षको हुँदा नेपाल फर्किएका सेर्मा झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा न. ८ तुम्देन चोकमा रहेको स्थायी घरमा बाल्यकाल र युवा अवस्था पार गर्दै बिबाह समेत गरि सन् १९९७ मा पुनः हङकङ फर्किनु भएको थियाे ।

अन्ततः कर्मभूमि हङ्कङ तर्फ फर्किएका सेर्माले दुईदशक विताएको मातृभूमिलाई सधैं शीरोपर गरे । मातृभूमिलाई दुख्दा दुःखाई महसुस गर्ने उनले व्यक्तिगत रुपमा दुःखी, गरीब, असहाय, पीडितहरुलाई सहयोग पुर्‍याउदै आएका छन् । शिवसताक्षी हङकङ समाजका आजीवन सदस्य सेर्माले शिवसताक्षी नगरपालिमा सिरिजङ्गा लिपिमा निवासको बोर्ड राख्नुपर्ने अभियान सुरु गरे ।

जसअन्तर्गत वडा नम्बर १ ,७, ८, ११ मा बोर्ड राखियो । लिम्बु तथा गैरलिम्बु सबैको घरमा सिरिजङ्गा लिपिमा बोर्ड राख्नुपर्ने अभियान अन्तर्गत ८ नम्बर वडाका सबै घरधुरीमा राखिएको छ । ‘हामी भाषा बोल्छौं, तर लिपि बुझ्दैनौं । लिपि पनि जान्नुपर्छ भन्ने उदेश्यले यो अभियान सुरु गरिएको हो’, चापेता भन्छन् ।

सेर्माले स्वः मातापिताा र स्वा. भाई अमर सेर्माको स्मृति मा एक / एक सामुदायिक विद्यालयमा अक्षकोष स्थापना गरेका छन् ।

शिवसताक्षी ७ फाक्तेप स्तिथ श्री बालसेवा आधारभूत विद्यालयमा स्व. भाईको स्मृतिमा र शिवसताक्षी ८ डुडामारी स्थित श्री भगवती आधारभूत विद्यालयमा स्वा. आमा -बुबाको स्मृतिमा ५१ /५१ हजारको अक्षयकोष स्थापना गरेका छन । यी विद्यालयहरुमा ‘आनी पाःन्’ लिम्बु भाषाको समेत पाठ्यक्रम पढाई गरिन्छ । यो चापेताकै पहलमा भएको हो । ‘आनी पाःन्’ मा प्रथम, दोस्रो र तेस्रो हुनेलाई २०८१ सालदेखि ८३ सम्म उत्कृष्ट ३/३ जना बिध्यार्थेर्हरुलाई पुरस्कृत गर्ने पनि उनले घोषणा गरेका छन् ।

भाषा र संस्कृतिमा समर्पित सेर्मा ‘किरात याक्थुङ्ग पापोहाङ्ग सेर्मा, सम्जुम्भो’, ‘फेस नेपाल’, ‘फाल्गुनन्द नोमाङेना सेवा संघ’, ‘फक्तालुङ सास्कृतिक मंच’, ‘श्री बालसेवा आधारभूत विद्यालय’, श्री भगवती आधारभूत विद्यालय’, ‘डुँडामारी,प्रगतिशील क्लब’, ‘कठहरे कृषि सहकारी सस्था’लगायत विभिन्न संघसंस्थाहरुबाट सम्मान तथा कदरपत्र प्राप्त गरेका छन् ।

यसरी वर्षौंदेखि समाजसेवा र सांस्कृतिक अभियानमा जुटेका सेर्मालाई दिलमाया फाउण्डेसनले आफु अभियानकर्तालाई पनि सम्झिएर सम्मान गरेकोमा हृदय बाट नै खुशी लाग्नुको साथै थप काम गर्ने हाउसला मिलेको बताउनु भयाे ।
आफु प्रभासमा रहेता पनि आफु नेपाली जनता र नेपाल आमा प्रति सदैब बफादार , इमानदार भएर आफुले सकेको समाजिक कार्यमा सहयोग गरिरहने बताउनु भयाे ।


 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend