logo
शुक्रबार, साउन २९ २०८३

विगतका कामहरूको समीक्षा गर्दै आगामी दिन फलदायी र सुखमय बनाउने तर्फ सबै एकजुट हुन आवश्यक छ : मुख्यमन्त्री कार्की नुभएको छ


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख १ २०८२

विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विगतका कामहरूको समीक्षा गर्दै आगामी दिन अझ फलदायी र सुखमय बनाउने बताउनुभएको छ।

नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले संघीय संरचनाहरूलाई सबलीकरण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्न संघीयतालाई बलियो बनाउनुपर्ने उहाँले बताउनुभएको छ।

प्रदेशवासी तथा स्वदेश तथा विदेशमा रहेका आम नागरिकको सुख शान्ति र समृद्धिको कामना गर्दै उहाँले प्रदेशका जनतालाई नयाँ उत्साह थप्नका लागि नयाँ वर्षको सुरुवातदेखि नै पर्यटन वर्ष २०८२ घोषणा गरेर प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउने आधारशिलालाई खडा गरिने उल्लेख गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले नयाँ वर्षमा नै लगानी सम्मेलन गरेर प्रदेशको सुख प्रदेशको विकास समृद्धिमा नयाँ इटा थप्ने प्रयत्नसमेत भइरहेको बताउनुभएको छ।

सीमित स्रोत साधनले जनताका आकांक्षालाई भनेजस्तो पूरा गर्न नसके पनि संघीयताको यो सात वर्षमा कोशी प्रदेश सरकारले धेरै काम गरेको उल्लेख गर्दै त्यसलाई तथ्यको आधारमा प्रस्तुत गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको शुभकामना सन्देशमा उल्लेख छ।

उहाँले संघ प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यबाट नै दिगो विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend