logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र २९ २०८१

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रा. लि. को प्राविधिक सहयोगमा गाउँपालिका २ स्थित कमलेश्वरी सहकारी संस्थाको सभाहलमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।


गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा पहिलो चरणको कार्यक्रमका भएको थियो । जसमा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले गाउँपालिकाको तर्फ बाट चालु आर्थिक वर्षमा भए गरेका कार्यक्रमको संक्षिप्त गतिविधिका प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रमको दोश्रो चरणमा सहभागीका तर्फका जिज्ञासा संकलन गरिएको थियो । जसमा सहभागीका तर्फ बाट देबु चापागाईँ, एल वि तामाङ, ख्यामराज खनाल, उमाकान्त निरौला, सोमनाथ भण्डारी लगायतले सडक, विद्युत, जंङ्गली हात्तीको समाधान, स्वास्थ्य र कर्मचारी व्यवस्थापन लगायतका विषयका जिज्ञासा राख्नु भएको थियो ।

सहभागीका तर्फ बाट राखिएका जिज्ञासाको गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकाल,  ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले जवाफ दिनु भएको थियो ।


कार्यक्रममा राजनीतिक दलका तर्फ बाट नेपाली काङ्ग्रेसका विरभद्र पोख्रेलले सकारात्मक सुझाव दिनुभएको थियो भने २ नम्बर वडा अध्यक्ष अशोक सुब्बाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


कार्यक्रमको सहजीकरण भिन्न मिडिया एण्ड रिसर्च प्रा.लि.का तर्फ बाट बाबुराम निरौलाले गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend