logo
शुक्रबार, साउन २९ २०८३

आनिपान भाषा लिपिको संरक्षणमा चापेता शेर्मा


  • गोविन्द ल्वागुन
  • शनिबार, चैत्र २३ २०८१

 

डुडामारी । आनिपान (लिम्बु) भाषा , लिपी संरक्षण र प्रवर्द्धनमा जुटी रहेका चापेता सेर्माले आनिपान भाषा अध्यापन हुने एक सामुदायिक बिध्यालयका बिध्यार्थीहरुलाइ नगद सहित पुरस्कृत गर्नु भएको छ ।

शिवसताक्षी ८ डुडामरीमा रहेको भगवती आधारभुत बिध्यालयमा कक्षा १ मा अनिपान भाषा अध्यानरत उत्कृष्ट ७ जना बिध्यार्थीरुलाई हौसला स्वरुप नगद सहित पुरस्कृत गरिएको हो ।

शुक्रबार बिध्यालयले बार्षिक परिक्षाफल प्रकाशन गर्दै आनिपान भाषाको परिक्षाफल उत्कृष्टताको आधारमा पुरस्कृत गरिएको हो । यसरी पुरस्कृत हुनेमा आर्या लिम्बु , कृतिना पराजुली,निस्मा शेर्मा , पिङ्की आङ्देम्बे,अमिरा धमला,मिस्मा सेर्मा र तान्छुमी सम्बाहाम्फे रहेका छ्न ।

उनिहरु क्रमशः प्रथम ,द्दितिय ,तृतीय र अन्य चौथो,पाँचौ ,छैटौं र सातौ भएको बिध्यालयका शिक्षक रुप शुन्दर सेर्माले जानकारी दिएका छ्न ।

उनिहरुलाइ जनही ३ हजार,२ /२ हजार ५ सय  र अन्य ४ जनालाई १/१ हजार प्रदान गरिएको थियो । उक्त रकम चापेता शेर्माको भाईहरु डिगम शेरमा र सबिन शेर्माले हस्तान्तरण गरेका थिए ।

हाल हङकङमा कर्म थलो बनाएर बसोबास गर्नु हुने डुडामारी निवसी चापेता शेर्माले बिध्यालय स्तर देखि नै सम्पुर्ण समुदायका इछुक बालबालिकाहरुले आनिपान (लिम्बू) भाषा,लिपि सिक्दै बोल्दै पुस्ता हस्तान्तरण गर्न आवस्यक रहेकोले प्रोत्साहन होस भन्ने हेतुले बिध्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरेको शेर्माले बताउनुभयो ।

उहाको अनुसार भाषा लिपि संस्कार संस्कृतिको जगेर्ना गर्न सबैले आ आफ्नो पक्ष बाट काम गर्न आग्रह समेत गर्नु भयो ।

सामाजिक कार्यमा निक्कै क्रियाशिल शेर्माले यस अघि पनि एकल प्रयास शिवसताक्षी १,८ र ११ का २ हाजार बडी घर धुरीमा लिम्बु लिपिमा निवास लेखेर राख्ने काम भएको थियो ।

त्यसै गरि सोहि अवसरमा कक्षा ७ सम्मको बार्षिक परिक्षा फल समेत प्रकाशन गरि उत्कृष्ट हुने बिध्यार्थी हरुलाइ
शैक्षिक सामाग्री हरु प्रदान गरि पुरस्कृत गरिएको बिध्यालयका प्रधानध्यपक टेक बहादुर थापा मगरले जानकारी दिनु भयो ।

परिक्षाफल प्रकाशन समाहरोहमा बिध्यलय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र अभिभावक हरुको सहभागिता थियो ।

यस बिध्यलयमा शिवसताक्षी नगरपालीकाले आनिपान भाषा शिक्षक १ जना नियुक्ति गरेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend