झिलझिले । झापाको शिवसताक्षीमा भाेली (विहिवार) देखि हुने मेयर कप २०८१ को तयारी पुरा भएको छ ।
चैत्र २१ गते देखि २८ गते सम्म सन्चालन हुने मेयर कप २०८१ को लागि तयारी पूरा भएको आयाेजकले जनाएको छ ।
प्रतियाेगिता सञ्चालन गर्नकालागी आवश्यक पर्ने स्टेज निर्माण लगायत खेल मैदान भिजाउने ,सम्याउने र सरसफाई गर्ने काम पूर भएको नगर खेलकुद विकास समिति का अध्यक्ष सुरज रिङ्गालुङ राईले बताउनु भयो ।
उहाको अनुसार गेट निर्माण कार्य सम्पन्न भै सकेको छ भने ,क्रीकेटको लागि पिच निर्माण र भलिबल खेलको लागि कोर्ट निर्माण धमाधम भैरहेको जानकारी दिनु भयो ।
इन्डोर खेल कबर्ड हलमा हुने बताइएको छ भने आउट डोर खेल गणेश मान सिंह अध्यान प्रतिष्ठानको खेलमैदानमा र आसपास मा नै हुने नगरखेलकुद अध्यक्ष सुरज रिङ्गालुङ राईको भनाई छ ।
मेयर कप २०८१ मा फुट्बल, भलिबल, क्रीकेट ,एथलेटिक्स , ब्यटमिन्टन र करातेका खेलहरु संचालन हुने नगर खेलकुद बिकास समितिका संयोजक सुरज रिङ्गालुङ राइले जानकारी दिनु भयो ।
मेयर कपको बिदागत पुरस्कार राशिहरुमा क्रमश फुट्बल तर्फको बिजेताले ५५ हजर र उपबिजेताले ४१ हजार नगद सहित ट्रफी र प्रमाणपत्र, त्यसै गरि भलिबल र क्रीकेट बिधाका बिजेता टिमले नगद ३५ हजर र उपबिजेताले २५ हजर नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ्न ।
त्यस्तै एथलेटिक्स , ब्याडमिन्टन र करातेलाइ समग्र ५०/५० हजारका दरले रकम छुट्याइएको छ ।
त्यसै गरि फुट्बल तर्फ बिदागत पुरस्कार समेत राखिएको छ ।
फुटबल प्रतियोगितामा हरेक खेलका म्यान अफ द म्याचलाई २ हजार १ सय रुपैया दिइने बताइएको छ भने अन्य बिदामा ५ हजार रुपैयाको दरले पुरस्कृत गरिने जनाइएको छ ।यसरी पुरस्कृत गर्ने बिदाहरुमा बेस्ट गोल किपर, बेस्ट डिफेण्डर, बेस्ट फर्वर्ड,बेस्ट मिड फिल्डर र हाइ स्कोरर रहेका छ्न । म्यान अफ द टुनामेन्टलाई भने ११ हजर रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने र क्रीकेट र भलिबल खेलक म्यान अफ द म्यच हुने खेलाडीलाई नगद ११ सय रुपैया द्वारा पुरस्कृत गरिने अयोजकको समितिका अध्यक्ष सुरज रिङालुङ राइको भनाइ छ ।
न्यून अर्थिक श्रोत र उचित खेल मैदानको अभाबले गर्दा सिमित श्रोत साधन बाट ६ वटै खेलहरु सम्पन्न गर्नु पर्ने भएकोले सबै खेलहरु झिलझिले केन्द्रीत हुने छ ।
मेयर कपको औपचारिक उद्घट्न नगर प्रमुख मेगाहाङ थोप्रा बाट २१ गते हुनेछ । उद्घाटनको दिन फुट्बल खेल मात्र हुनेछ भने अन्य बिदाका खेलहरु २२ गते बाट सुचारु हुनेछ ।
बिदागत पुरस्कार राशीहरु
१) फुट्बल तर्फ…
प्लेयर अफ द टुनामेन्ट ११ हजार
राइजिङ स्टार ६ हजार ५ सय
हाइ स्कोरर ७ हजार ५ सय
बेष्ट गोलकिपर ५ हजार ५ सय
बेष्ट मिड्फिडर ५ हजार ५सय
बेष्ट फर्वड ५ हजार ५ सय
बेष्ट डिफेन्स ५ हजार ५ सय
२) क्रीकेट तर्फ…..
प्लेयर अफ दी सिरिज ६ हजार
राइजिङ प्लेयर ४ हजार
हाइएस रन ३ हजार ५ सय
बेष्ट विकेट किप्पर ३ हजार ५ सय
बेष्ट फिल्डिङ ३ हजार ५ सय
बेष्ट बलर ३ हजार ५ सय
बेष्ट ब्याट्स मेन ३ हजार ५ सय
३)भलिबल तर्फ
बेष्ट सेटर ३ हजार ५ सय
बेष्ट ब्लकर ३ हजार ५ सय
बेष्ट लिबेरो ३ हजार ५ सय
बेस्ट स्पाइकर ३ हजार ५ सय
राइजिङ्ग प्लेयर ४ हजार ५ सय
प्लेयर अफ द टुनामेण्ट ६ हजार रहेको छ ।