कमल । झापाको कमल गाउँपालिका ३ स्थित मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आज एक कार्यक्रमका बिच बिच बाघ चाल प्रतियोगित सञ्चालन गरेको छ ।
“मर्यादित सहकारी : समुन्नत समाज” भन्ने नाराका साथ यो वर्ष ६८ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरेर मनाईदै छ । सो अवसरमा सस्थाले बाघ चाल प्रतियोगिता सञ्चालन गरेको हो ।
संस्थाले सञ्चालन गरेको बाघ चाल प्रतियोगितमा झुमनाथ पौडेल प्रथम हुनु भएको छ । वहाँले नगद ३ हजार सहित बाघचाल खेल्ने एक थान वोर्ड प्राप्त गर्नु भएको छ ।
त्यस्तै द्वतिय हुनु भएका लाल बहादुर तोलाङ्गले नगद २ हजार तथा तृतिय हुनु भएका राम बहादुर विकले नगद एक हजार सहित एकएक थान बाघचाल खेल्ने वोर्ड प्राप्त गर्नु भएको छ ।
विजयी खेलाडीलाई सस्थाका अध्यक्ष शरण कुमार पराजुलीले नगद सहितको पुरस्कार प्रदान गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष तथा सामाजिक गतिविधी परिचालन समितिका संयोजक उमानाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित बाघचाल खेलाडी र सहभागीलाई संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम सस्थाका व्यवस्थापक रिबन सुब्बाले सञ्चालन गर्नु भएको थियो ।