कमल । नेपाल पत्रकार महासंघले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको थियो ।
महासंघले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको विषयलाई लिएर ध्यानाकर्षण पत्र बुझाएको थियो ।
प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउने लगाएतका ६ बुँदे महासंघ जोडदार माग गर्दछ ।
साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघ माग गर्दछ ।
हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष आग्रह गरिन्छ । अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइने लगायतका विषय समेटीएको महासंद्ध झापा अध्यक्ष एकराज गिरीले बताउनु भएको छ ।
त्यस्तै झापाको माई पश्चिम रहेका पत्रकारहरुले महासघ कार्य समिती सदस्यहरुको अगुवाईमा दमकमा उपलब्ध पत्रकारहरुले ऐकेबद्धता जनाउदै ईलाका प्रशासन कार्यालयमा दमक ध्यानाकर्षण पत्र बुझाका छन् ।
कार्यक्रममा पत्रकार सहित दमकउद्योग वाणिज्य सँघ का अध्यक्ष गोपाल गुरागाई विभिन्न सघ सँस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यालय प्रमुख झरेन्द्र प्र चापागाईलाई ज्ञापन पत्र बुझाएको महासंघ सदस्य सुदिप अधिकारीले बताउनु भयो ।