logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीमा एक दिवसीय निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, जेष्ठ २९ २०७९

शिवसताक्षी ,जेठ २९ । घर घरमै पशु स्वास्थ्य समस्याको पहिचान र निदान,पशुपालन तथा कृषिमा आत्मनिर्भर बन्ने हाम्रो अभियान ूनारा चरितार्थ गर्न शिवसताक्षी नगरपालिका पशु शाखाले एक दिवसीय पशु स्वास्थ्य शिविरबाट सञ्चालन गरेको छ ।
शिवसताक्षी ७ का पशु पालक किसान आफ्ना घरपालुवा पशु रोगी बनेपछि दिक्क थिए । कृषकले पालेका गाई, भैँसी, बाख्रामा विभिन्न प्रकार रोग तथा आन्तरिक तथा वाह्या परजिवीका (नाम्ले, जुका, किर्नाका) कारण समस्या भोग्दै आएका थिए ।
कृषकको यस्तो समस्यालाई न्युनकिरण गर्दै कृषको उत्पादनमा बृद्धी गर्न सहयोग पुगोस भन्ने उदेश्यले पशुसेवा शाखा द्वार शिविरको आयोजना गरिएको हो ।
शिवसताक्षी ७ चन्द्रडाँगी वडा कार्यालय प्राङ्गणमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।सञ्चालित शिविरबाट सो क्षेत्रका २ सय ८५ घरधुरीका किसानले प्रत्यक्ष सेवा पाएका थिए ।
शिविरको एक कार्यक्रमका बीच नगरप्रमुख मेघाहाङ थोप्राले उद्घाटन गर्दै किसानहरू लक्ष्यित आगामी वजेट ल्याउने तयारी भइरहेकोले कृषि पेसाबाट आयआर्जनको स्रोत बनाएर आत्मनिर्भर बन्न सकिने बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथि निमित्त प्रशासकीय अधिकृत प्रकाशचन्द्र चौधरी,अतिथिहरूमा प्रशासन शाखा प्रमुख डिल्लीराम नेपाल ,योजना शाखा अधिकृत प्रकाश रञ्जितकार,वडा सचिव धनराज इम्बुङको उपस्थिति रहेको थियो ।
शिविरमा १ हजार १ सय ७७ पशुपंक्षी लाभान्वित भएको शिवसताक्षी नगरपालिका पशु शाखा प्रमुख राम अवतार यादवले जानकारी दिनुभयो ।
स्थानीयबासीले शिविरमै आफ्ना घरपालुवा पशु लिएर आएका थिए किसानले आफ्ना पशुलाई आघरपालुवाका लागि औषधि लिएर गएका थिए ।
करिव एक लाख रुपैयाँ बराबरको निःशुल्क औषधि समेत वितरण गरिएको शिविरमा पशु चिकित्सक डा। कमलेश्वर भाट सहित प्राविधिक मानबहादुर लम्जेल, रिता घिमिरे , प्रेम पौडेल, सुदिप भट्टराई , धनपति न्यौपाने, राम आशिष रजक लगायतले सेवा दिनु भएको थियो ।

शिविरमा गाई, भैँसी, संगुर,बाख्रा, कुकुर, कुखुराको स्वास्थ्य उपचार गरिएको रिता घिमिरेले जानकारी दिनुभयो ।

प्रयोगशाला सेवासहितको शिविरमा पशुको बन्ध्याकरण, गर्भ परीक्षण, बाँझोपन निवारण, परजीवी नियन्त्रण, पिडिपी जाँच, गोबर परीक्षण, साल झार्ने काम गरिएको त्यस्तै, भिटामिनको सुइँ लगाउने तथा कृत्रिम गर्भधारण गरिएको पशु स्वास्थ्य शिविरमा स्थानीयबासीलाई पशु पालनसम्बन्धी परामर्श तथा पशु बीमासम्बन्धी जानकारी दिइएको शिवसताक्षी(७ का वडा सदस्य सुरेश राजवंशीले बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि प्रकाशचन्द्र चौधरी र वडा सदस्य सुरेस राजवंशीले शुभकामना मन्तव्या राख्नुभएको थियो ।

पशुसेवा शाखाका प्रमुख राम अवतार यादवले कार्यक्रमको उद्ेश्यीयकारे प्रमास पार्नु भएको थियो भने शिवसताक्षी वडा नम्बर ७का वडा अध्यक्ष भवानीविक्रम चेम्जोङको सभापतित्वमा सम्पन्न भएको थियो ।कार्यक्रमको सञ्चालन विमल बाँस्कोटाले गर्नुभएको थियो ।मा

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend