logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पतालमा प्रसूति गराउन आउनु भएकी महिलालाई उपाध्यक्ष न्यौपाने द्वारा बधाई तथा शुभकामना


  • कुइनेटो न्युज
  • शनिबार, चैत्र ९ २०८१

कमल । झापाको कमल गाउँपालिका २ स्थित कमल नगर अस्पतालमा प्रसूति गराउन आउनु भएकी महिलालाई उपाध्यक्ष प्रमिला तिवारी द्वारा सुत्केरी आमालाई बधाई तथा शुभकामना दिनुभएको छ ।

सुत्केरी महिलाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नु भएकी उपाध्यक्ष तिवारीले सुत्केरी आमालाई न्यानो झोला र नगद ५ हजार रुपैया प्रदान गर्दै शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्नुभयो । साथै सुत्केरी परिवारलाई बधाई दिंदै, रातको जुनसुकै समयमा पनि सुत्केरी तथा स्वास्थ्य सेवा आवश्यक परेमा सहयोग गर्न गाउँपालिका तयार रहेको प्रतिबद्धता व्यत्तल गर्नु भयो ।

पछिल्लो समय अस्पतालको सेवामा वृद्धी भएसगै गर्भवती आमाहरु प्रसुति गराउन अस्पताल आउनेको संख्या समेत वृद्धी हुनथालेको छ ।


कमल नगर अस्पतालमा प्रसूति सेवाको सुधार र वृद्धि

कमल नगर अस्पतालका मेसु फूलक चन्द्र लावतीका अनुसार अस्पतालमा पछिल्लो समय सामान्य प्रसूति सेवा लिने महिलाहरूको संख्या बढ्दो क्रममा छ । उहाँले भन्नुभयो, “चैत्र महिनामा यो दोस्रो सफल सामान्य प्रसूति हो। जनचेतना तथा सेवा सुविधाको विस्तारका कारण महिलाहरू अस्पतालमै सुरक्षित रूपमा बच्चा जन्माउन आउन थालेका छन्।”

कमल गाउँपालिकाका अध्यक्ष आदरणीय हुकुम सिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने, तथा वडा अध्यक्ष अशोक सुब्बाको निरन्तर अस्पताल अनुगमन तथा स्वास्थ्य सेवा विस्तार गर्ने अठोटका कारण यो उपलब्धि सम्भव भएको कमल नगर अस्पतालका प्रमुख दिपक प्रसाद दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार, “सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाको नेतृत्व सक्रिय रहेको छ।“

कमल गाउँ पालिका वाट निशुल्क एम्बुलेन्स र आर्थिक सहयोग

कमल गाउँपालिकाले सुत्केरी गराउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ। साथै, कमल नगर अस्पतालमा निःशुल्क प्रसूति सेवा लिने आमाहरूलाई नगद ५ हजार रुपैया सहायता प्रदान गरिन्छ। यो सुविधाले गाउँपालिका भित्रका गर्भवती महिलाहरूलाई अस्पतालमा आएर सुरक्षित रूपमा सुत्केरी हुन प्रोत्साहित गरिरहेको छ ।

स्थानीय सरकारको प्रतिबद्धताः सुरक्षित मातृत्वलाई प्राथमिकता

स्थानीय सरकारको नेतृत्वमा सुरक्षित मातृत्व अभियानलाई प्राथमिकता दिइएको छ। गाउँपालिकाले मातृ तथा नवजात शिशु मृत्यु दर घटाउने लक्ष्यसहित विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको छ। गर्भवती अवस्थादेखि नै महिलाहरूलाई निःशुल्क परामर्श, पोषण सामाग्री सहयोग, आवश्यक औषधि तथा अस्पतालमै सुरक्षित सुत्केरी गराउने व्यवस्था मिलाइएको छ।

सामाजिक उत्तरदायित्व र स्थानीय नेतृत्वको भूमिका

सुत्केरी सेवा सुधारका लागि गाउँपालिकाका जनप्रतिनिधिहरू सक्रिय रूपमा अस्पतालको अनुगमन तथा सेवासुविधा विस्तारमा जुटिरहेका छन्। अस्पतालमा भौतिक संरचनाको सुधार, दक्ष जनशक्ति व्यवस्थापन तथा आवश्यक स्वास्थ्य उपकरणहरू थप गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend