कमल । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल ( प्याब्सन कमलका सचिव तथा केर्खा पब्लिक बोडिङका स्कुलका संस्थापक प्रिन्सिपल त्रिलोचन गौतम लाई मातृ शोक परेको छ ।
गौतमकी ममतामयी आमा स्वर्गीय टिकामाया गौतमको सोमवार बेलुका ९. २० को समयमा निजी निवास कमल ३ केर्खामा मृत्यु भएको हो ।
७२ वर्षीय टिकामायाको हृदयघातका कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
स्वर्गीय गौतमीको पार्थिव शरीरलाई आज (मंगलवार) दिनको १० बजे कनकाई नदिमा अन्त्येष्टि गरिने छ ।