logo
मंगलबार, कार्तिक ११ २०८३

कमलमा अन्तर वडा स्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

आजको खेलमा वडा नम्वर ३ विजयी


  • उमानाथ भण्डारी
  • शनिबार, चैत्र २ २०८१

कमल । झापाको कमल गाउँपालिकामा आज बाट अन्तर वडा स्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता ०८१ सुरु भएको छ ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजना आज बाट सूर भएको अन्तर वडा स्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेल वडा नम्वर ४ लाई शुुन्यका विरुद्ध २ गोल गर्दै वडा नम्वर ३ विजयी भएको छ ।

कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सम्पन्न खेलमा वडा नम्वर ३ का जर्सि नम्वर १३ का विवेक घिमिरे र जर्सि नम्वर १७ का विपन सिंघुले एकएक गोल गरेर आफ्नो टिमलाई विजयी गराउनु भएको हो ।


आजको खेलको म्यान अफ लि म्याच वडा नम्वरका ३ का गोल रक्षक ब्रोसिश लिम्बु हुनु भएको थियो । वहाँले नगद सहित ट्रफि प्राप्त गर्नु भएको छ ।

“हाम्रो कमल,हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको फुटवल प्रतियोगिता चैत्र ८ गते सम्म सञ्चालन हुने खेलकुद विकास समितिले जानएको छ । प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका टिम सहभागी हुने प्रतियोगिताका संयोजक रुस्तम राईले जानकारी दिनु भयो ।


प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु का साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद तथा ट्रफी प्रदान गरिने कमल गाउँपालिका खेलकुद विकास समितिका सहसंयोजक तेज कुमार राई जानकारी दिनुभयो ।


प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद १ हजार र ट्रफि, सर्वउत्कृष्ठ गोल कर्ताले नगद २ हजार र ट्रफि, सर्वउत्कृष्ट खेलाडीले नगद. २ हजार र ट्रफी, सर्वोत्कृष्ट गोल र रक्षकले नगद २ हजार र सर्वोत्कृष्ट डिफेन्डरले नगद. २ हजार र सर्वोत्कृष्ट मीड फिल्डरले नगद २ हजार र ट्रफी र सर्वोत्कृष्ट फर्वार्डले नगद २ हजार र ट्रफी प्राप्त गर्ने कमल गाउँपालिका खेलकुद विकास समितिका सह संयोजक राईले बताउनु भयो ।

कमल गाउँपालिका खेलकुद विकास समितिको संयोजक सन्त कुमार मगरको अध्यक्षतामा भएको उद्घाटन खेलमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले प्रतियोथिता सफलताको शुभ कामना मन्तव्य राख्नु भएको थियो । भोलिको खेल वडा नम्वर १ र २ का बिच दिनको २ बजे देखी हुनेछ ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend