कमल । झापाको दमक ४ स्थित आस्था कलेज अफ मेनेजमेन्टले बि बि एस चौथो वर्षको अध्ययन पूरा गर्ने विद्यार्थीहरूलाई दीक्षित गर्ने भएको छ ।
कलेजले भोलि विहीबार एक कार्यक्रमको आयोजना गरी २०८० सालमा वि वि एस चौथो वर्षको अध्ययन पूरा गर्ने १०५ जना विद्यार्थीहरूलाई दीक्षित गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त, २०१९ मा कोशी प्रदेशको उत्कृष्ट उपाधि प्राप्त तथा नेपाल अधिराज्यकै उत्कृष्ट टप ३ मा पर्न सफल यस आस्था कलेजले गत वर्ष देखि बि बि एस चौथी वर्षको अध्ययन पुरा गर्ने विद्यार्थीहरूलाई दीक्षित गर्दै आएको क्याम्पस प्रमुख टेकनाथ भण्डारीले जानकारी दिनुभयो । कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञमनका साथै व्यवहारिक ज्ञानका लागी विभिन्न ठाउमा पठाउने गरेको समेत क्याम्पस प्रमुख भण्डारीले बताउनु भयो ।
व्यवस्थापन संकाय तर्फ उत्कृष्ट कलेजको रुपमा सम्मानित यस कलेजले कलेजले भोलि बिहीबार बिहान साडे ७ बजे बाट दोस्रो दीक्षान्त समारोह कार्यक्रम आयोजना गर्ने भएको छ । विद्यार्थी हरुको शैक्षिक, बौद्धिक, खेलकुद लगायत विद्यार्थीको चौतर्फी क्षमता विकासको लागि विभिन्न कार्यक्रममा सहभागिता गराउँदै आएको कलेज व्यवस्थापन समितिका अध्यक्ष बलभद्र कोइरालाले बताउनु भयो।
आगामी दिनमा कलेजले शैक्षिक कार्यक्रमहरू जस्तै विज्ञान संकाय, व्यवस्थापन अन्तरगत MBS, MBA,BBA,BIM,BHM लगायतका प्रविधि र सीपयुक्त कार्यक्रमहरू थप गर्दै लैजाने छ । जसले विद्यार्थी हरूलाई प्रविधि तथा सीप सम्बन्धी शिक्षा प्राप्त गर्न सहज हुनेछ कलेजले जनाएको छ ।
वि वि एस चौथो वर्षको अध्ययन पूरा गर्ने विद्यार्थीहरूलाई दीक्षित गर्नुका साथै विद्यार्थीहरूको कला प्रस्तुति, पुरस्कार तथा सम्मानका कार्यक्रम समेत रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।