logo
मंगलबार, कार्तिक ११ २०८३

कमल गाउँपालिका अन्तर वडा स्तरीय “तेस्रो अध्यक्ष कप” फुटबल प्रतियोगिता चैत २ देखी


  • उमानाथ भण्डारी
  • बुधबार, फाल्गुन २१ २०८१

कमल । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजना कमल गाउँपालिका अन्तर वडा स्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता ०८१ सञ्चालन हुने भएको छ ।

“हाम्रो कमल,हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान“ भन्ने नाराका साथ २०८१ साल चैत्र २ गते देखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।


कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा हुने प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका टिम सहभागी हुने प्रतियोगिताका संयोजक रुस्तम राईले जानकारी दिनु भयो ।

कमल गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तरगत तेस्रो अध्यक्ष कप कमल गाउँपालिका अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८१ सञ्चालन गर्न लागेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु का साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद तथा ट्रफी प्रदान गरिने कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक सन्तकुमार मगरले जानकारी दिनुभयो ।


त्यस्तै प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद १ हजार र ट्रफि, सर्वउत्कृष्ठ गोल कर्ताले नगद २ हजार र ट्रफि, सर्वउत्कृष्ट खेलाडीले नगद. २ हजार र ट्रफी, सर्वोत्कृष्ट गोल र रक्षकले नगद २ हजार र सर्वोत्कृष्ट डिफेन्डरले नगद. २ हजार र सर्वोत्कृष्ट मीड फिल्डरले नगद २ हजार र ट्रफी र सर्वोत्कृष्ट फर्वार्डले नगद २ हजार र ट्रफी प्राप्त गर्ने कमल गाउँपालिका खेलकुद विकास समितिका सह संयोजक तेज कुमार राईले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend