logo
शुक्रबार, साउन २९ २०८३

पाँच वर्षको रणनीतिक योजना बनाएर पर्यटन क्षेत्रमा लगानी गर्ने हो भने देशले छिट्टै नै विकास र समृद्धि हासिल गर्नसक्छ :मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन १८ २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाँच वर्षको रणनीतिक योजना बनाएर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने हो भने नेपालले छिट्टै नै विकास र समृद्धि हासिल गर्ने बताउनुभएको छ।

आज नेपाल उद्योग तथा व्यवसायी महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले पर्यटनको सम्भावना र अवसरको बारेमा बताउनुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उहाँले नेपालको छिमेकी मुलुक भारत र चीनमा विश्वको ४०% जनसङ्ख्या रहेको उल्लेख गर्दै त्यहाँका मानिसहरूलाई नेपालमा आकर्षित गर्न सके पर्यटनबाट विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभयो।

उहाँले नेपालको पूर्वाधार क्षेत्रमा पाँच वर्ष मेहनतका साथ रणनीति बनाएर अघि बढे १० वर्षभित्रमा दुई छिमेकी मुलुकबाट मात्रै १ करोड पर्यटक भित्र्याउन सकिने बताउनुभयो। नेपालको राष्ट्रिय पुँजी विकास गर्नका लागि पर्यटन नै महत्वपूर्ण आधार रहेको चर्चा गर्दै उहाँले नेपालको धार्मिक पर्यटन र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना रहेको ल्याउनुभयो।

‘नेपाल शान्तिप्रिय र सुरक्षित रहेको सन्देश दिन सक्यौँ भने हामी समृद्धितर्फ अगाडि सजिलै बढ्छौं’- मुख्यमन्त्री कार्कीले भन्नुभयो। सो अवसरमा उहाँले सरकारले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन सफल पार्न पनि आह्वान गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासंघ कोशी प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष माधवराज थापाले उद्योगी व्यापारीका विविध समस्याका बारेमा आफ्ना धारणा राख्नुभएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend