logo
शुक्रबार, साउन २९ २०८३

ज्येष्ठ नागरिक संघ कमल ३ को आयोजनामा ज्येष्ठ नागरिक बिच भेटघाट तथा जलपान


  • कुइनेटो न्युज
  • शनिबार, फाल्गुन १७ २०८१

कमल । ज्येष्ठ नागरिक संघ कमल ३ वडा समितिले आज एक कार्यक्रमका बिच वडामा रहेका ज्येष्ठ नागरिक बिच भेटघाट तथा जलपान कार्यक्रमको आयोजना गरेको छ ।

वडामा बसोवास गर्ने ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई वडा नम्बर ३ मै रहेको हरिकीर्तन मुक्तेश्वर शिवालयको सभाहलमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई भेटघाट तथा जलपान गराइएको थियो ।

ज्येष्ठ नागरिकलाई जलपान गराउनको लागी आवश्यक पर्ने सम्पूर्ण रकम जेष्ठ नागरिक संघ कमल ३ का अध्यक्ष पुष्प प्रसाद बास्तोलाले उपलब्ध गराउनु भएको थियो ।
ज्येष्ठ नागरिक भनेका हाम्रा इतिहास हुन् , वहाँहरूलाई संविधानले व्यवस्था गरे अनुसारको हकअधिकारलाई सुनिश्चित गर्न गाउँपालिकाले सकेको जति गरिरहेको र आगामी दिनमा समेत सहयोग गर्ने कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

ज्येष्ठ नागरिक संघ कमल ३ का अध्यक्ष पुष्प प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सहभागीलाई संघका लेखासमिति संयोजक दुर्गा प्रसाद नेपालले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव लैन बहादुर पौडेलले गर्नु भएको थियो ।

कार्यक्रममा कमल गाउँपालिका कार्यपालिका सदस्य केशरा बर्देवा, वडा सदस्य भगवती राई, महिला तथा बालकालिका शाखा प्रमुख रिता कार्की रिजाल, संघका झापा जिल्लाका वरिष्ठ उपाध्यक्ष यज्ञेश्वर बास्तोला , संघका आजीवन सदस्य लगायतको उपस्थिति रहेको थियो ।


त्यस्तै कमल ३ मा रहेको हरिकीर्तन मुक्तेश्वर शिवालयमा रहेको मुक्तेश्वर भगवानका मुर्तिलाई समेत आज बिहान क्षमापूजा गरि स्थानान्तरण गरिएको छ ।

२०५६ सालमा फागुन महिनामा प्राणप्रतिष्ठा गरि अर्चना , वन्दना पुजागरी ल्यईएका मुक्ति नयाँ मन्दिरको निर्माणगरी आज क्षमापुजा सहित स्थानान्तरण गरिएको मन्दिरका सचिव छविलाल ढकालले बताउनु भयो ।

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend