logo
शुक्रबार, साउन २९ २०८३

शेर्पा समुदायले मेहनत साहस र सीप मार्फत नेपालको नाम विश्वभर चिनाउन खेलेको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • शुक्रबार, फाल्गुन १६ २०८१

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शेर्पा समुदायले आफ्नो मेहनत साहस र सीप मार्फत नेपालको नाम विश्वभर चिनाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ।

आज ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको यो पर्वले आपसी सद्भाव भाइचारा र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने बताउनुभएको छ।

उहाँले नेपाल बहुजाती बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै यो विशेषताले नेपालीलाई सदियौंदेखि एक आपसमा सहकार्य समन्वय र बन्धुत्वको मार्गमा हिँड्न सहयोग पुर्याएको उल्लेख गर्नुभएको छ।

यो पर्वले नेपाली बीचको एकता र मित्रताको भावना थप प्रगाड बनाउँदै सामाजिक तथा आर्थिक विकासमा योगदान पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गर्नुभएको छ।

फागुन शुक्लपक्ष प्रतिपदा का दिन मनाइने यो पर्व हाम्रो समृद्ध सांस्कृतिक विविधता र पहिचानको सुन्दर प्रतिक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend