logo
शुक्रबार, साउन २९ २०८३

शिक्षक हित द्वारा गौरादह र गौरीगञ्जका सामुदायिक विद्यालय बिच अन्तर मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन १४ २०८१

कमल । शिक्षक हित बचत तथा सहकारी संस्था लि. को आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

गौरादह नगरपालिका १ स्थित प्रगति माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा गौरीगन्ज गाउँपालिका र गौरादह नगरपालिकाका सामुदायिक विद्यालयबीच अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।


१२ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा जनता माध्यमिक विद्यालय प्रथम, प्रगति माध्यामिक विद्यालय द्वितीय , अमर माध्यमिक विद्यालय तृतीय र स्कुलचौन माध्यमिक विद्यालय सान्त्वना भएको छन् ।

प्रतियोगितामा विजेता विद्यालयका विद्यार्थीलाई अक्षयकोष दाता दुर्गा देवी खनालले प्रमाण पत्र का साथै पुरस्कार वितरण गर्नु भएको थियो ।


शिक्षक हित बचत तथा सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिएनएनटिएका राष्ट्रिय अध्यक्ष बुद्धिमान कार्की, अक्षयकोष दाता दुर्गा देवी खनाल, विद्यालयमा प्रधानाध्यापक , सम्बन्धित विद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend