कमल । झापाको कमल गाउँपालिका ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलले आगामी फागुन १० र ११ गते १५ औं वार्षिक उत्सव ‘स्मारिका उत्सव’ मनाउने भएको छ ।
विद्यालयको प्राङ्गणमा हुने ‘स्मारिका उत्सव’ मा कमल गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका साथै झापा, ईलाम,मोरङ सुनसरीका ७० वटा विद्यालयको सहभागितामा विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाउने भएको छ भने सो कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले समेत अवलोकन गर्नुहुने छ ।
हरेक वर्ष सामुदायिक होस् वा संस्थागत विद्यालयले अभिभावकको उपस्थितमा आफ्नो वार्षिक उत्सव मनाउने गरेका छन् । तर विद्यालयले १५ औं वार्षिक उत्सव फरक तरिकाले विद्यालयको वार्षिक उत्सव मनाउने तयारी गरिरहेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्राय विद्यालयले वार्षिक उत्सवका अवसरमा आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बिच मात्र अतिरिक्त क्रियाकलाप एवं सांस्कृतिक कार्यक्रम गर्दै वार्षिक उत्सव मनाउने गर्दछन् छन् ।
आगामी फागुन १० र ११ विद्यालयको प्राङ्गणमा आयोजना गरिने ‘स्मारिका उत्सव’ को एक शैक्षिक कार्यक्रम हो, जसले विद्यार्थीहरूलाई व्यवहारिक तथा अनुभव–आधारित सिकाइको अवसर प्रदान गर्दछ । त्यस्तै उत्सवले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्न सक्षम बनाउनुका साथै कला, हस्तकला, कृषि, विज्ञान, स्काउटिङ, खेलकुद, उद्यमशीलता तथा सांस्कृतिक सम्पदा संरक्षण जस्ता विविध क्षेत्रमा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्न उत्सवले प्रोत्साहित गर्ने स्मारिका सामुदायिक वोर्डिङ स्कुल फाउण्डर प्रिन्सिपल गुणराज गिरीले बताउनुभयो ।
अन्तर विषयगत, बहुविषयगत तथा समावेशी पाठ्यक्रम एकीकरणको अवधारणामा आधारित स्मारिका उत्सवले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनमा लागू गर्दै शिक्षा प्रणालीलाई एकीकृत र परस्पर जोड्ने वातावरण सिर्जना गर्दछ भने विद्यार्थीहरूलाई सन्चार, सहकार्य, समस्या समाधान, नेतृत्व क्षमता तथा सिर्जनात्मकता जस्ता जीवनोपयोगी सीपहरूलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विद्यालयकी सहायक प्रिन्सिपल लिला न्यौपानेले बताउनु भयो ।
के हो स्मारिका उत्सव ?
परिचय
स्मारिका उत्सव एक शैक्षिक कार्यक्रम हो, जसले विद्यार्थीहरूलाई व्यवहारिक तथा अनुभव–आधारित सिकाइको अवसर प्रदान गर्दछ। यो उत्सवले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्न सक्षम बनाउँछ । यस कार्यक्रममा कला, हस्तकला, कृषि, विज्ञान, स्काउटिङ, खेलकुद, उद्यमशीलता तथा सांस्कृतिक सम्पदा संरक्षण जस्ता विविध क्षेत्रमा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्न प्रोत्साहित गरिन्छ ।
अन्तरविषयगत, बहुविषयगत तथा समावेशी पाठ्यक्रम एकीकरणको अवधारणामा आधारित स्मारिका उत्सवले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनमा लागू गर्न सक्षम बनाउँछ। यसले शिक्षा प्रणालीलाई एकीकृत गर्दै विभिन्न विषयहरूलाई परस्पर जोड्ने वातावरण सिर्जना गर्दछ, जसले विद्यार्थीहरूलाई समग्र रूपमा अवधारणा बुझ्न सहयोग गर्छ। यस उत्सवले संचार, सहकार्य, समस्या समाधान, नेतृत्व क्षमता तथा सिर्जनात्मकता जस्ता जीवनोपयोगी सीपहरूलाई पनि प्रवद्र्धन गर्दछ ।
परियोजना–आधारित सिकाइ, सीप प्रदर्शन, अन्तरक्रियात्मक खेलहरू तथा पुस्तक समीक्षाका माध्यमबाट स्मारिका उत्सवले शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। यसले विद्यार्थीहरूलाई उद्यमशील सोच विकाश गर्न प्रेरित गर्दै भविष्यमा आफ्नो सीपलाई व्यवसायिक अवसरमा रूपान्तरण गर्ने क्षमता प्रदान गर्दछ। साथै, यो उत्सवले व्यावसायिक तथा सांस्कृतिक संरक्षणलाई प्रवद्र्धन गर्दै स्थानीय सीप, जातीय परम्परा तथा मौलिक ज्ञानको महत्त्वलाई उजागर गर्ने उद्देश्य राखेको छ ।
उद्देश्य
क्षिक, कला, संगीत, नृत्य तथा खेलकुदमा विद्यार्थीहरूको प्रतिभा प्रस्तुत गर्ने, विद्यार्थीहरूबीच टोली भावना, नेतृत्व क्षमता तथा सहकार्यको प्रवद्र्धन गर्ने,समुदाय तथा अभिभावकहरूको संलग्नता मजबुत पार्ने, विद्यार्थीहरूलाई सिर्जनशीलता तथा नवीनताको अभिव्यक्तिका लागि मंच प्रदान गर्ने,कक्षा शिक्षालाई वास्तविक जीवनसँग जोड्ने परियोजना–आधारित अनुभव प्रदान गर्ने, सांस्कृतिक चेतना तथा व्यावसायिक सीपहरूको विकास गर्ने ।
उत्सवको मुख्य विषयवस्तु प्रस्तावित विषयः “नवाचार, उत्सव, उन्नति!“ यो उत्सव नवीनता, सांस्कृतिक सम्पदा तथा विद्यार्थी उपलब्धिहरू वरिपरि केन्द्रित हुनेछ ।कार्यक्रमहरू तथा गतिविधि
शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू विज्ञान तथा कला प्रदर्शनी,नाटक तथा स्किट प्रदर्शन, संगीत तथा नृत्य कार्यक्रम ।
सीप–आधारित तथा व्यावसायिक सिकाइ गतिविधि
सिर्जनात्मक कला तथा हस्तकलाः क्रुशेटिङ्ग चित्रकला, हस्तनिर्मित डिजाइन, कृषि तथा कृषि सम्बन्धी कार्यहरू दिगो कृषि अभ्यास तथा जैविक बगैँचा, पाककला ः खाना पकाउने कला, परम्परागत परिकार, प्रदर्शन कला नृत्य, नाटक, संगीत तथा कथा वाचन,विज्ञान तथा नवीनता मोडेल, प्रयोग तथा समस्या समाधान परियोजना, सांस्कृतिक सम्पदा तथा लोपोन्मुख परम्पराहरूः जातीय सामाग्री, परम्परागत उपकरण तथा मौलिक हस्तकला प्रदर्शन, स्काउटिङ तथा जीवनोपयोगी सीपहरूः टोली भावना, अनुशासन तथा आवश्यक जीवन–कौशल ।
खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि
अभिभावक तथा विद्यार्थीहरूका लागि रमाइलो खेलकुद कार्यक्रम,प्रतिभा प्रस्तुति कार्यक्रम,प्रश्नोत्तर प्रतियोगिता ।
विशेष आकर्षण
खाना स्टल तथा जलपान कक्ष,पुरस्कार तथा सम्मान समारोह
सिकाइका उपलब्धिहरू
व्यवहारिक सीपहरू प्रदर्शन गर्ने अवसर पाउने,आत्मविश्वास तथा संचार कौशल विकास गर्ने, उद्यमशील सोचको विकास गर्दै व्यवसाय तथा करियर अवसरहरूको खोजी गर्ने, टोली भावना तथा नेतृत्व क्षमता विकसित गर्ने, शैक्षिक ज्ञानलाई वास्तविक जीवनमा प्रयोग गर्ने अवसर पाउने,परम्परागत तथा आधुनिक नवीनतालाई एकीकृत गर्ने, पुस्तक समीक्षाका माध्यमबाट आलोचनात्मक सोचको विकास ,शिक्षक, विज्ञ तथा अभिभावकहरूबाट मार्गदर्शन तथा प्रतिक्रिया प्राप्त ,
निष्कर्ष
स्मारिका उत्सव २०८१ शैक्षिक प्रक्रिया मात्र नभई विद्यार्थीहरूको सिर्जनशीलता, समर्पण तथा समग्र सिकाइको उत्सव हो । यसले शिक्षालाई अन्तक्र्रियात्मक, व्यवहारिक तथा सांस्कृतिक रूपमा समृद्ध बनाउने लक्ष्य राख्छ। यस पहलले विद्यार्थीहरूलाई आत्मविश्वास, जीवन–कौशल तथा उद्यमशील सोच विकास गर्न प्रेरित गर्नेछ ।स्मारिका उत्सव शिक्षालाई जीवनोपयोगी तथा प्रभावकारी बनाउने एक महत्वपूर्ण अभियान हो।
हामीलाई साथ दिनुहोस
स्मारिका स्कूल तर्फबाट, हामी तपाईंलाई यस उत्सवलाई भव्य रूपमा सफल बनाउन हाम्रो सहयोगी बन्न हार्दिक निमन्त्रणा गर्दछौं। तपाईंको उपस्थिति तथा समर्थन विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणका लागि अतुलनीय हुनेछ। हामी तपाईंको सहभागिताको अपेक्षा गर्दछौं, जसबाट विद्यार्थीहरूलाई सशक्त बनाउन, संस्कृति संरक्षण गर्न तथा शिक्षालाई जीवन्त बनाउन सकिन्छ ।
गुणराज गिरी ,फाउण्डर प्रिन्सिपल ,स्मारिका सामुदायीक विद्यालय ,कमल ५