कमल । झापाको कमल गाउँपालिका ४ स्थित फोनिक्स इंङ्गलिस स्कुलले आज विभिन्न कार्यक्रम गर्दै आफ्नो वार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सवका अवसरमा विद्यालयले २०८० को एसईई परीक्षा ३ दशमलव ६ जिपिए अङ्क प्राप्त गरी उत्कृष्ट हुने विद्यार्थी दिपिका खनाल, अनुप ओझा र खुशी च्याम्जुङ्ग लाई नगद सहित सम्मान पत्र द्वार कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपाने र विद्यालयका फाउण्डर प्रिन्सिपल बदीराम राईले सम्मान गर्नु भएको थियो ।

सो अवसरमा विद्यार्थीले गायन, नृत्यका साथै विभिन्न काला ,संस्कार, संस्कृति सँग सम्बन्धित कार्यक्रम प्रस्तुत गर्नुका साथै व्यवहारिक जीवनमा प्रयोग गर्न सकिने ढोको, महोला बुन्न , बत्ति काट्न आर्ट कला प्रस्तुती ,पेन्टिङ्गका साथै विज्ञान सँग सम्बन्धित विभिन्न किसिमका सामाग्री निर्माणगरी प्रदर्शन गर्नु भएको थियो ।

वार्षिक उत्सवको असर विद्यार्थीले प्रस्तुत गरेका यस्ता अतिरिक्त क्रियाकलापले आगामी दिनमा आफ्नु रुचि अनुसार अगाडि बड्नका लागी विद्यार्थीलाई ठुलो सहयोग पुग्नुका साथै लोप हुन लागेका विभिन्न संस्कार संस्कृति र अग्रज हरुले दैनिक जीवनमा प्रयोग गर्ने गरेका सामाग्रीका बारेमा विद्यार्थीलाई जानकारी लिन सहयोग पुग्छ ।

विद्यार्थीको जीवनमा परिवर्तन गर्न व्यावहारिक ज्ञान अत्यन्तै महत्वपूर्ण हुन्छ , त्यसकालाई यस्ता कार्यक्रमले विद्यार्थीलाई ठुलो सहयोग पुग्ने कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले बताउनु भयो ।

विद्यालयका फाउण्डर प्रिन्सिपल बदीराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन कमलका अध्यक्ष दीपक संग्रौला, सचिव त्रिलोचन गौतम,सदस्य रिता खनाल ,भावना भण्डारी, प्याब्सन शिवसतासी नगर अध्यक्ष राम सुहाङ्ग, प्याब्सन झापाका सदस्य डम्बर खड्का ,सल्लाहकार रामहरी घिमिरे , शिक्षा समिति सदस्य मोहन बगाले , कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहाल, नेपाल आदिवासी जनजाति महासङ्घ कमलका उपाध्यक्ष तीर्थ कुमार ताजपुरिया लगायत विभिन्न सङ्घ संस्था र टोल विकास संस्था का प्रमुख तथा प्रतिनिधि लगायत , अभिभावकहरूको हरु को उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालयका सहायक प्रिन्सिपल भिमल राई , विद्यार्थी दिव्या राई र रोजन राईले सञ्चालन गर्नु भएको थियो भने शिक्षक प्रकाश मिश्रले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।
