दमक/भुटानी शरणार्थी शिबिर बेलडाँगीमा भुटानी शरणार्थी महिलाहरुलाई आत्मनिर्भर बनाउनकालागि सीपमा जोड्दै उनिहरुले गरेका उत्पादनको बजारीकरÒण गर्न पाथिभरा हेल्थ हेण्ड वेलनेश फाउण्डेशन र दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नले सहयोग गर्ने जनाएको छ ।
आईतवार भुटानी शरणार्थी स्वावलम्बन समाज बेलडाँगीको आयोजना र दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्नको प्राविधिक सहयोगमा भएको बाटेको धुप बनाउने तालिम तथा बजारीकरण सम्बन्धिको कार्यक्रममा यस्तो जनाईएको हो ।
कार्यक्रमका प्रमुख अतिथि फाउण्डेशनका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले उत्पादन र बजारीकरण दुबैमा सहयोग गर्ने बताएकाहुन् ।
दिब्यदृष्टि पुजा सामाग्रि उद्योगका सञ्चालक समेत रहेका पोखरेलले यहाँ उत्पादनको भएको बाटेको धुप सहित पुजा सामाग्रिमा आवश्यक पर्ने कुश, दुबो लगायतका सामाग्रि लिइदिने बताएकाहुन् ।

भुटानी शरणार्थी स्वावलम्बन समाजकी अध्यक्ष फुलमाया गुरुङले यहाँ रहेका महिलाहरुलाई सीप सहित आत्मनिर्भर बनाउन सहयोग गर्न आग्रह गरिन । उनले यसका लागि सहजिकरण गर्ने प्रतिबद्धता पनि जनाएकीछन् ।
समाजका सचिव थीरु घिमिरेले दातृ निकायहरुले दिदै आएको राहत कटौती भएपछि शिविरमा रहेकाहरुको जिविकोपार्जनमा समस्या हुँदै आएकाले आर्थिक रुपमा स्वावलम्बन बनाउन आफुहरु लाग्ने अभियानको शुरुवात यस तालिमबाट गरेको जनाए ।
दिब्यदृष्टिकी सञ्चालिका बबिता तिम्सिना र बाटेको धुप सम्बन्धि प्रशिक्षक सोविता गिरीले तालिममा सहजिकरण गरेका थिए । समाजका कोशाध्यक्ष रन्जित मोखिमले कार्यक्रम सञ्चालन गरेका थिए ।