कमल । नेपाल शिक्षक संघ कमल गाउँपालिकाको पाँचौ गाउँ प्रतिनिधि सभा सम्पन्न भएकाे छ ।
कमल २ स्थित महेन्द्ररत्न माध्यमिक विध्यालयकाे सभाहलमा सम्पन्न कार्यक्रम शिक्षक संघ कमलका अध्यक्ष हेम कुमार श्रेष्ठको अध्यक्षता एवंम संघका जिल्ला उपाध्यक्ष कुमार खतिवडा को प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।
शिक्षक संघ केन्द्रीय प्रतिनिधी गोपाल चन्द्र भुजेल लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व सचिव तथा नरेन्द जनता माध्यमिक विध्यालका पधानाध्यापक बद्री कार्कीले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।