logo
शुक्रबार, साउन २९ २०८३

मेचीमहाकाली द्वारा बिर्तामोडको एक परिवारलाई खाद्यान्न सहयोग र कमलको आगलागी पिडित परिवाललाई राहात वितरण


  • कुइनेटो न्युज
  • बिहिबार, माघ २४ २०८१

कमल । मेचीमहाकाली बुहारी संयुक्त आवाज द्वारा बिर्तामोडको एक परिवारलाई खाद्यान्न सहयोग र कमलको आगलागी पिडित परिवाललाई राहात वितरण गरेको छ ।
झापाको बिर्तामोड ७ निवासी गणेश मगरलाई ७ हजार रुयैया बराबरको खाद्यान्न सामाग्री र न्यानो कपडा प्रदान गरेको हो ।

आर्थिक अवस्था कमजोर भएको मगर की श्रीमती प्रेमा कुमारी सार्कीकाे  सुत्केरीका कारण मृत्यु भएकाे थियाे भने र नाबालक ननिको समेत मृत्यु भएको ७ औं दिनको पुण्य तिथिको अवसरमा मगर परिवारको घरमा पुगेर खाद्यान्नका साथै १० र ३ वर्षको छोरा र १४ महिनाकी छोरीलाई न्यानो कपडा वितरण गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज की केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेले बताउनु भयो ।

मगर परिवारलाई  खाध्यन्न र न्यानो कपडा वितरण काे संयाेजन  सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलले  गर्नु भएको थियाे ।


त्यसैगरी कमल गाउँपालिका ५ सितापुरीमा केहि दिन अगाडि आगलागीका कारण क्षति भएको परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराएको छ ।
कमल ५ निवासी मनिका राईलाई १५ हजार ३ सय ५५ र र्पिकी राईलाई ५ हजार गरी जम्मा २० हजार ३ सय ५५ रुपैयाँ प्रदान गरेको समेत मेचीमहाकाली बुहारी संयुक्त आवाज कमल गाउँपालिकाकी संयोजक चन्द्रकला सुब्बाले जानकारी दिनुभयो ।


संस्थापक अध्यक्ष यमन शर्मा सुब्बाको परिकल्पनाका स्थापना गरिएको संस्था विस्तार हुँदै आज सामाजिक सञ्जाल मार्फत ५७ जिल्ला सम्म विस्तार गरिएको मेचीकाली बुहारी संयुक्त आवाजले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम बाट विभिन्न समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आएको मेचीमहाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला अध्यक्ष गंगा भट्टराईले जानकारी दिनुभयो  ।

कार्यक्रममा  सहसंयाेजक राेशनी खनाल, सचिव रिना राई र सदस्य निर्मला नेपाल लयायतकाे उपस्थिति रहेकाे थियाे ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend