logo
शुक्रबार, साउन २९ २०८३

संघीयताको पूर्णरुपमा कार्यान्वयन नभइसकेको छ , मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • मंगलबार, माघ २२ २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयताको पूर्णरुपमा कार्यान्वयन नभइसकेको बताउनुभएको छ ।

प्रशासनीक संघीयता, वित्तिय संघीयता र राजनीतिक संघीयताले अझै पनि पूर्णता नपाएको उहाँले बताउनुभयो । आज कोशी प्रदेश सभा स्थापनाको ७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले पनि प्रशासनिक संरचना नबनिसकेको बताउनुभयो ।

प्रहरी समायोजन लगायतका कामहरु अझै बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘दलहरुले र दलका नेताहरुले अझै पनि केन्द्रकै मुख ताक्ने गरेका छौँ, यो ठिक पनि होला एक ढंगले, तर साना मसिना कुरापनि निर्णय गर्न सकिरहेका छैनौँ ।


यस्तै वित्तिय संघीयता कार्यान्वनयमा समेत ५ वर्षसम्म केही काम हुन नसकेको र अहिले केही काम सुरु गरिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको छुट्टै राजस्व कार्यालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कार्यालयको नाम अहिलेसम्म नटुंगिएको भएपनि केही दिनमा नै राजश्व हेर्ने गरीको कार्यालय स्थापना गर्ने बताउनुभयो ।

सो कार्यालयले स्थानीय तहहरु र संघीय संरचनाहरुसँग समन्वय गरेर राजश्व र करहरु व्यवस्थित गर्ने र बढाउने उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले अनुभवहरुले नै संघीयता बलियो बनाउने भन्दै यो ७ वर्षमा बटुलेको अनुभवका आधारमा प्रदेश सरकार अघि बढी रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मको अवस्था हेर्दा कोशी प्रदेश सभा सफल रहेको बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै कोशी प्रदेशका सभामुख अम्मरबहादुर विष्टले प्रदेश सभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend