logo
शुक्रबार, साउन २९ २०८३

मेचीकाली बुहारी संयुक्त आवाज द्वार रोजिना दर्जीलाई आर्थिक सहयोग प्रदान


  • कुइनेटो न्युज
  • आइतबार, माघ २० २०८१

कमल । मेचीकाली बुहारी संयुक्त आवाज द्वार एकजना मृगौला पीडितलाई आर्थिक सहयोग रकम प्रदान गरेको छ ।

झापाको कमल गाउँपालिका २ क्याम्पा निवासी २३ वर्षीया रोजिना दर्जीलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगद २६ हजार १ सय १० रुपैयाँ प्रदान गरेको हो ।

संस्थापक अध्यक्ष यमनशर्मा सुब्बको परिकल्पनाका स्थापना गरिएको संस्था विस्तार हुदै आज सामाजिक सञ्जाल मार्फत ५७ जिल्ला सम्म विस्तार गरिएको मेचीकाली बुहारी संयुक्त आवाजले रोजिना बिरामी भएको समेत सामाजिक सञ्जाल मार्फत जानकारी भएको हुँदा वहाँलाई सहयोग गर्न आएको मेचीकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष चन्द्रकला काफ्लेले बताउनु भयो ।

रोजिनालाई विगत २ वर्ष देखी डायलासिस गराउँदै छौ । आर्थिक अवस्था अत्यन्तै कमजोर छ । ठुलो अस्पतालमा लगेर उपचार गर्न सक्ने हैसियत हामी संग छैन आज तपाईँहरू बाट प्राप्त सहयोगले मेरी छोरीको उपचारमा ठुलो सहयोग पुगेको बिरामीकी आमा क्यामुना दर्जी बताउनुहुन्छ ।


रोनिा त एक जना प्रतिनिधि पात्र मात्र हो समाज भित्र यस्ता समस्या भएका धेरै मानिस हरू छन् उनीहरूको सहयोगका लागी मेचीकाली बुहारी संयुक्त आवाज स्थापन भएको हो । यसमा आवद्ध भएका बुहारी हरूले आफ्नो खाजा खर्च कटाएर मासिक एक सय रुपैयाँ जम्मा गर्ने र सोही रकम बाट यस्ता पीडितलाई सहयोग गर्ने गरेको संस्थाकी सह संयोजक रोशनी खनाल अधिकारीले बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा झापा जिल्ला अध्यक्ष गंगा भट्टराई ,केन्द्रिय सदस्य निर्मला नेपाल, कमल गाउँपालिका संयोजक चन्द्रकला सुब्बा, सदस्य केशरा बर्देवा लगतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend