logo
शुक्रबार, साउन २९ २०८३

सामुदायिक बिध्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न सबै सरोकारवाला एक हुनु पर्छ : साम्सद लिम्बू


  • कुइनेटो न्युज
  • बिहिबार, माघ १७ २०८१

शिवसताक्षी । झापा क्षेत्र न. ४ का संघीय साम्सद एल पि सावाँ सामुदायिक बिध्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न सबै सरोकारवाला एक हुनु पर्ने बताउनु भएको छ ।

झापा शिवसताक्षी ११ दुधे स्थित राष्ट्रीय रमणीय आदर्श माध्यमिक बिध्यालयको ५५ औ बार्षिकोत्सब तथा अभिभावक दिवसलाई सम्बोधन गर्नु हुँदै उक्त कुरा बताउनु भएको हो । साम्सद सावाँले बिध्यालयलाइ आवस्यक पर्ने कम्पुटर ल्याबको लागि आवस्यक कम्पुटर, र उपयुक्त भवन निर्माणको लागि बजेट निकासा गर्न आवस्यक भुमिका निर्बाह गर्ने बताउनु भयो ।

बिध्यालयको ५५ औ बार्षिकोत्सबलाइ भब्यताक साथ सम्पन्न गर्न विभिन्न सास्कृतिक नृत्य तथा सम्मान गरिएको थियो । सो अवसरमा बहुजातीय बहु सस्कृती मानाउने बिध्यार्थीहरुले अध्यान गर्ने भएकोले राई, लिम्बू, सस्कृत,थारु,मगर, माझी, भोजपुरी, नेवारी, राजबंशी आदि मातृ भाषामा अतिथि हरुलाइ स्वागत गरेका थिए ।
उक्त अवसरमा १ जना कर्मचारी र ४ जना शिक्षकहरुलाइ समेत सम्मान गरिनुका साथै बिध्यालयको उनयनको निम्ति विभिन्न शैक्षिक ब्यक्तिहरुको स्मृतिमा स्थापना गरिएको अक्षयकोष द्वारा बिध्यार्थीहरुलाइ छात्राबृत्ती बितरण गरिएको बिध्यलयका शिक्षक कमल भट्टराईले जानकारी दिनु भयो ।


त्यस्तै बिध्यालयको बार्षिक प्रतिबेदन प्र अ गिरिराज सेर्माले प्रस्तुत गर्नु भयो ।

कक्षा १२ सम्म अध्यापन भैइ रहेको यश बिध्यालयमा हाल १ हजार बडि बिध्यार्थी र ५६ जना शिक्षक कर्मचारी रहेको बताइएको छ ।

नगर कै उत्कृष्ट बिध्यालय रहेको यस बिध्यलयमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन भैइ रहेको जनाइएको छ ।

सोही अवसरमा कक्षा ९ मा अध्यानरत ४ जना बिध्यार्थीहरुले निर्माण गरेको इ बाइक कार्यक्रमका प्रमुख अतिथी संघीय साम्सद एलपी सावाँले कुदाएर सार्बजनिक गर्नु भएको थियो ।

त्यस्तै सोही बिध्यालयका स्काउट ट्रुपले मार्चपास गर्नु का साथै शिवसताक्षी रेड्क्रस सोसाइटी उपशाखाले खाध्यनमा हुने बिषादीको बिषयमा उपस्थित सबैलाइ सचेतना गराइएको थियो ।

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन शिक्षक गोबिन्द काफ्लेले गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend