कमल÷ नवजागरण महिला समाज कमलको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ केर्खामा रहेको समाजको प्रथम साधारण सभाले बिष्णुमाया लिम्बू को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
त्यस्तै समितिको उपाध्यक्ष नैनाकला सेडाइ,सचिव रिता खतिवडा ,सहसचिव सिता खड्का,कोषाध्यक्ष कमला देवि दाहाल,सदस्य बालकुमारी प्रसाइ, रेखा कुमारी न्यौपान, शवनम लिम्बु ,शुशिला पाण्ड र समिता फागो सर्वसम्मत चयन हुनभएको नवगठित समितिका सचिव रिता खतिवडाले जानकारी दिनुभयो ।
नव विर्वाचित समितिलाई प्रमुख अतिथी समेत रहनु भएका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई,१ नम्बर वडा अध्यक्ष केदार कटुवाल, ४ नम्बर वडा अध्यक्ष चन्द्र भट्टराई,फाल्गुनन्द टोल बिकास अध्यक्ष सेलिना राइ, समाबेशि महिला शसक्तिकरण केन्द्र अध्यक्ष पुर्णिमा फागो, निम्स हस्पिटल दमकका अध्यक्ष उमाकान्त आचार्य, मंगलमय माध्यमिक विध्यालका व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटा, कमल नगर जेसिस २०२५ अध्यक्ष भिम अधिकारी, २३ का अध्यक्ष हेम दाहाल नेपाल रेडक्रस सोसाईटी लखनपुर उपसाखाका सभापति अध्यक्ष चन्द्र शाह, ,रवि केसि, सामाजिक व्याक्ति रवि केसी लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
कार्यक्रम नवजागरण महिला समाज कमलका तदर्थ समितिका अध्यक्ष बिष्णुमाया लिम्बुको अध्यतमा भएको कार्यक्रम सचिव रिता खतिवडाले सञ्चालन गर्नु भएको थियो ।