logo
शुक्रबार, साउन २९ २०८३

स्टार इंङ्गलिस स्कुलको २८ औं वार्षिक उत्सव सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, माघ १६ २०८१

कमल । कमल गाउँपालिका ५ स्थित स्टार इंङ्गलिस स्कुलले मङ्गलवार २८ औं वार्षिक उत्सव मनाएको छ ।

विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रम सहित बदलिदो समाज नामक लघु नाटक प्रदर्शन गरेर वार्षिक उत्सव मनाएको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना कुमारी थापाको अध्यक्षतामा र कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता भएको र्कायक्रममा प्याब्सन कमलका अध्यक्ष दीपक सङ्ग्रौला, निवर्तमान अध्यक्ष बदी राई, सचिव त्रिलोचन गौतम,कोषाध्यक्ष राम आङ्गदेम्बे,सदस्य रिता खनाल र भवना भण्डारी, मंगलमय माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटा,प्रधानाध्यापक मोहन बगाले लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रम विद्यालयकी शिक्षिका सीता भण्डारी अधिकारीले सञ्चालन गर्नु भएको थियो भने शिक्षक गणेश दुलालले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

विध्यालयका प्रिन्सिपल विजय सेन थापाले आमन्त्रीत अतिथी तथा अभिभावकलाई स्वागत सम्मानका साथै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend