झिलझिले ।झापाको शिवसताक्षी ८ को सामुदायिक बिध्यालय लाई प्रबिधी मैत्री शिक्षामा सहयोग पुर्याउने उदेश्यले ल्याप्टप र प्रीन्टर बितरण गरिएको छ।
वडा नम्बर ८ को सिलिङ बजेट्बाट नीति तथा कार्यक्रम अन्तरगत उक्त समाग्रीहरु सामुदायिक बिध्यालयलाइ बितरण गरिएको हो ।
आज वडा नम्बर ८ को कार्यलयमा एक कार्यक्रमको आयोजना गरि वडाका भगवती आधारभुत बिध्यालय,अरुणोदय आधारभुत बिध्यलय र सरस्वती आधारभुत बिध्यालयलाई १/१ थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण गरिएको छ ।
त्यस्तै वाडाको एक मात्र माध्यमिक बिध्यालय झिलझिले माबीलाइ भने प्रीन्टर प्रदान गरिएको छ ।

उक्त सामग्रीहरु वाडा को २ लाख ५० हजार र नगरको १ लाख गरि जम्मा३ लाख ५० हजार रुपैयाको लगतमा खरिद गरि तपसिलका बिध्यालयहरुलाइ बितरण गरिएको वडा अध्यक्ष सन्तकुमार फेवदिनले जानकारी दिनु भयो ।
उक्त सामग्री बितरण कार्यक्रमलाइ सम्बोधन गर्दै शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्राले बिध्यालयलाइ प्रबिधि मैत्री बनाउनको लागि यस्ता उपकरण बितरणले टेवा पुग्ने बताउनु भयो ।
उहाले आफू निर्वाचित भए पश्चात् देखि नै नगरका बिध्यालय प्रती सधै सकारात्मक रहेको धारणा राख्नु भयो ।
सो अवसरमा अरुणोदय आधारभुत बिध्यालयका प्रधानध्यपक ताराकुमारी लावतीले वडाको यश प्रकारको सहयोगले बिध्यालयमा आइ पर्ने कागजी कामकाज गर्न ठूलो सहयोग पुग्ने भन्दै वडा कार्यलय प्रती आभारी भएको बताइन।
यश बिध्यलयलाइ यश अघि पनि बिध्यार्थीलाइ बिध्याला आवत जावत गर्नको लागि इ रिक्सा प्रदान गरेको बताइएको छ ।