कमल , जेठ १७ कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले नव निर्वाचित गाउँ कार्यपालिकाका सदस्यलाई आज एक कार्यक्रमका बिच सफथ ग्रहण गराउनु भएको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थानिय तह सदस्य निर्वाचन बाट निर्वाचित महिला सदस्यहरु मध्ये बाट केसरा नेपाली बर्देवा, चन्द्रकला सुब्बा,गंगादेबी राई र मनमाया सिटौला त्यस्तै दलित वा अलपसङ्ख्यक हरु मध्ये बाट सोभितनारायण राजवंशी र ज्ञान बहादुर नेपालीलाई अध्यक्ष राईले पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।
हिजो हामी विभिन्न दल बाट निर्वाचित भएर आएका छौ अब हामि जनताका साझा भएको छौ । अब हाम्रो उद्येश्य भनेको कमल गाउँपािलकालाई समृद्ध गाउँपालिका बनाउने र याहाँका हरेक नागरिकको अनुहार खुसी देख्न चाहान्छौ त्यसका लागी सबै मिलेर अगाडी बड्नुपर्ने बेला आएको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो । 
आज बाट गाउँकार्यपालिकाले पुर्णता पाएको छ । अब हामिले धेरै काम गर्नु पर्ने बेला आएको छ । यसमा कर्मचारीको ठुलो सहयोगको आवश्यकता छ । कर्मचारी र जनप्रतिनिधी मिलेर मात्र आम कमल बासी जनताको भावना अनुरुप काम गर्न सकिने भएकोले सबै मिलेर काम गर्नुपर्ने बेला आएको उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
चालु आर्थिक वर्षको कार्यक्रमको समिक्षा गर्दै आगामि आर्थिक वर्षकालागी कार्यक्रम र बजेट बनाउने बेला आएको छ । यसमा जनप्रतिनिधीको महत्वपुर्ण भुमिका हुन्छ । विभिन्न योजनाको भुक्तानी समेत गर्नु पर्ने भएकोले अब कार्यपालिकाको बैठक बसेर विभिन्न उपसमिती गठन गरेर काम गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनु भयो ।

जनप्रतिनिधी र कर्मचारी विच परिचयात्मक कार्यक्रम
बैशाख ३० गते सम्पन्न स्थानिय तह सदस्य निर्वाचन बाट निर्वाचित जनप्रतिनिधी र कर्मचारी बिच आज परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
परिचयात्मक कार्यक्रममा गाउँपालिका अन्तरगत रहेका विभिन्न शाखा प्रमुखले आ आफ्नो शाखाले गरेका कामको समिक्षा सहित प्रगती प्रस्तुत गर्नु भएको थियो ।
यसरी प्रगती प्रस्तुत गर्नेमा लेखा शाखा प्रमुख श्रीजना राई,स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्याल,कृषि शाखा प्रमुख महेन्द्र वोहोरा, पशुसेवा शाखा प्रमुख दिपेन्द्र लामिछाने,महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम, पुर्वाचार विकास तथा वातावरण शाखा प्रमुख ईन्जिनियर सागर यादव, योजना शाखा प्रमुख रामचन्द्र गजुरेल लगायतले शाखागत प्रस्तुती गनुृ भएको थियो ।
निर्वाचन कार्यालयका कर्मचारिको बिदाई
त्यसैगरी निर्वाचनको कार्यक्रम सम्पन्न भएकोले निर्वाचन अधिकृतको कार्यलयमा कार्यरत निर्वाचन अधिकृत सहित सम्पुर्ण कर्मचारीलाई सम्मान सहित विदाई गरिएको छ ,।
यसरी विदाई हुनेमा निर्वाचन अधिकृत प्रकास गौतम, सहायक निर्वाचन अधिकृत वसन्त काफ्ले, सहायक कर्मचारी पर्वत भण्डारी ,लेखापाल रिता सुवेदी, कम्पयुटर अपरेटर संगिता लिम्बु ,शसस्त्र प्रहरी हवल्दार श्याम चौधरी कार्यलय सहयोगी सुरज आङ्गदेम्बे लगायतलाई खादा र सम्मान पत्र सहित विदाई गरिएको थियो ।