logo
शुक्रबार, साउन २९ २०८३

प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप


  • कुइनेटो न्युज
  • शनिबार, माघ १२ २०८१

बिर्तामोड । प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार चयन हुनुभएको छ ।

बिर्तामोडमा सम्पन्न दशौं अधिवेशनबाट वहाँ अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा राजु पोखरेल, महिला उपाध्यक्षमा सुनिरा मैनाली, सचिव युवारज आचार्य, सहसचिव राम निरौला, समावेशी सहसचिव तीलक योञ्जन र कोषाध्यक्षमा शरद भट्टराई चयन हुनुभएको छ ।


त्यस्तै सदस्यहरुमा अस्मिता साँखी, नवीन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बानिया, सोम मग्राती, रविकिरण वान्तवा, कविचन्द्र गुरागाँई र किशोर उपरकोटी चयन हुनुभएको हो

प्रदेश प्रतिनिधिका रुपमा लक्ष्मी उप्रेती, मञ्जु डाँगी, सरोज चम्लागाँई, प्रकाश पौडेल, अच्युत सुबेदी, भूमिराज पराजुली र सुदीप अधिकारी चयन हुनुभएको छ ।

प्रेस चौतारीको केन्द्रीय प्रतिनिधिको रुपमा माधव व्रिदोही, चेतन अधिकारी, गोपाल झापाली, अर्जुन कार्की, रोहित काफ्ले र मीना बिक चयन हुनुभएको छ

प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बस्नेत, केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज बिक्रम लुइटेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गैर आवसीय नेपाली चानक पोखरेल, नारी सञ्चार गृहका अध्यक्ष रेजिना गौतम, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनालगायले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend