logo
शुक्रबार, साउन २९ २०८३

जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता माघ ११ गते देखी


  • उमानाथ भण्डारी
  • बिहिबार, माघ १० २०८१

कमल । झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ ।

फुटबल प्रतियोगिता आगामी माघ ११ गते देखि १९  गतेसम्म कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेलमैदानमा हुने बुधवार कमल गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

कमल गाउँपालिकालाई खेलकुदको हब बनाउदै लगिने नीतिअनुसार यस पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कमल ५ स्थित आदिवासी रङ्ग शालामा, पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड कमल ३ स्थित केर्खा खेल मैदानमा र अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता कमल ५ स्थित दमक–लखनपुर भेट्रान खेलमैदानमा सञ्चालन हुने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिह राईले बताउनु भयो ।

यस्ता खेलकुद प्रतियोगिताले कर्मचारी बिच सुमधुर सम्बन्ध कायम गर्न मद्दत पुग्ने भन्दै अध्यक्ष राईले अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता उत्कृष्ट रुपमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिँदै प्रतियोगिता जितको शुभकामना दिनुभयो ।

प्रतियोगितामा झापाका १५ वटा पालिकाका कर्मचारी हरू बिच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यीय विगत ७ वर्ष देखि प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रतियोगितामा प्रथम हुने पालिकाले नगद १ लाख रूपैयाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हुनेले नगद ५० हजार रुपैयाँका साथैमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै विधागतमा पुरस्कार अन्तर्गत मेन अफ द म्याचले ट्रफी र अन्य विधा अन्तर्गत मेन अफ द टुर्नामेन्टले किपर, बेस्ट डिफेन्डर,. हाइ स्कोरर् ले  नगद ६ हजार ६ सय छैसठ्ठी रुपैयाँ पाउने छन् ।

त्यस्तै फेयर प्ले टिमले ट्रफी र प्रमाणपत्र पाउनुका साथै सहभागी सबै पालिकालाई मायाको चिनो प्रदान गरिने खेल संयोजक तथा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतियोगिताको नकआउट २०८१ माघ ११ गते देखि १४ सम्म सञ्चालन हुनेछ भने क्वाटर फाइनल माघ १५ देखि १६ गते सम्म हुनेछ । भने सेमी फाइनल माघ १७ गते र फाइनल खेल माघ १९ गते दिनका १ बजे देखि हुने सहसंयोजक दिपेन्द्र लामिछानेले बताउनु भयो ।

कमल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले फुटबल प्रतियोगिताले कर्मचारी बिच सुमधुर सम्बन्ध कायम गर्न मद्त पुग्ने भन्दै प्रतियोगिता विजयी हासिल गर्न कर्मचारीलाई शुभकामना दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने पालिकाले आगामी वर्ष प्रतियोगिता आयोजना गर्नु पर्ने निर्णय अनुसार यो पटक कमल गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend