कमल । झापाको कमल गाउँपालिकामा आज पाठेघरको मुखको क्यान्सर गराउने एच.पि.भी. विरुद्धको खोप अभियान सञ्चालन सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिकाको सभाहलमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा पालिका स्तरिय खोम समन्वय समिति,पत्रकार,तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
गाउँपालिकामा एच.पि.भी. भाईरष विरुद्धको खोप अभियान यहि माघ २२ गते देखी २८ गते सम्म पालिकाका सबै वडामा रहेका खोप केन्द्रमा सन्चालन हुने छ ।
अभियान सञ्चालनको समयमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० सम्ममा छात्रा र विद्यालय नजाने १० देखी १४ वर्ष उमेरका २ हजार ७ सय ४४ जना किशोरीलाइ लक्षितगरि खोप अभियान सञ्चालन गरिने छ । सबै किशोरीले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर अनिवार्य खोप लगाउन कमल गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठले अनुरोध गर्नु भयो ।
पछिल्लो समय खानपान र विषादिका कारण महिलाहरूमा विभिन्न समस्या आउने गरेको छ । यस्ता अभियानले ति समस्यालाई न्यूनिकरण गर्ने भएकोले खोम अभियानलाई अभियानका रुपमा मात्र नलिएर सबैको साथ र सहयोगमा लक्षित वर्ग सम्म पुरÞ्याउनका गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सबैलाई अनुरोध गर्नु भयो ।

पाठेघरको मुखको क्यान्सर गराउने एच.सि.भी. विरुद्धको खोप अभियान आगामी माघ २२ गते देखी फागुन ६ गते सम्म देशै भर सञ्चालन हुदैछ ।
खोप एक पटक लगाएपछि जीवनभर सुरक्षित हुने भएकोले अनिवार्य रुपमा लगाउन र अभियानलाई सफल बनाउन सरोकारवाला समक्ष गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बिनु थापाले अनुरोध गर्नु भएको छ ।