logo
शुक्रबार, साउन २९ २०८३

खेतमा गाडेको २५ लाख भारु र दुई तोला सुन बरामद


  • कुइनेटो न्युज
  • आइतबार, जेष्ठ १५ २०७९

झापा । कैलालीमा २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ। भारतको विभिन्न स्थानबाट भारुसहित सुन चोरी गरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरी रुपैयाँ र सुन बरामद गरेको हो। जिल्लाको घोडाघोडी नगरपालिका–८ र बर्दगोरिया–४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

उनका अनुसार घोडाघोडी नगरपालिका–८ मा २३ लाख ४६ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडिएको थियो। स्थानीय लालबहादुर थापाको घर नजिकबाट सो पैसा र सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यसैगरी, सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक भने स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपैयाँ जमिनमा गाडिएको थियो। नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

साझामञ्च बाट

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend