कमल । देशै भर आज विभिन्न कार्यक्रम गरी १० औं राष्ट्रिय योग दिवस भनाइएको छ।
“स्वास्थ्य समाज ,समृद्ध नेपाल निर्माण र विश्व शान्तिका लागि योग” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज देशै भर राष्ट्रिय योग दिवस मनाएको हो ।
नेपाल सरकार मन्त्री परिषदको २०७२ साल साउन २८ गतेको बैठको निर्णय अनुसार माघ १ गतेका दिन राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरे सँगै नेपालमा समेत हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

यसै क्रममा झापाका १५ वटा पालिका मध्ये १३ वटा पालिकामा रहेका ९१ वटा साधना केन्द्रमा ४ हजार जना भन्दा बढीको सङ्ख्यामा उपस्थित भएर विभिन्न कार्यक्रम गर्दै योग दिवस मनाएको पतञ्जलि योग समिति झापाका अध्यक्ष देवी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
यस्तै योग दिवस मनाउने क्रममा कमल गाउँपालिकाका ३ स्थित सिंहदेवी साधना केन्द्रले समेत दैनिक योग साधना पछि योग दिवस मनाएको छ ।
गरौँ योग बनौँ निरोग, घर घरमा योग टोल टोलमा योग, शान्ति र समृद्धिका लागी योग, योग चित्त वृत्ति निरोध लगायतका प्ले कार्ड सहित साधना केन्द्रमा उपस्थित भएर योग दिवस मनाएको पतञ्जलि योग समिति कमलका अध्यक्ष त्रिलोचन गौतमले बताउनु भयो ।
रामदेव र बालकृष्ण द्वारा दशौं राष्ट्रिय योग दिवस तथा मकर सङ्क्रान्ति को शुभकामना

परम पूज्य स्वामीजी महाराज रामदेव तथा परम श्रद्धेय आचार्य बालकृष्ण महाराज बाट द्वारा दशौँ राष्ट्रिय योग दिवस तथा मकर सङ्क्रान्ति को शुभकामना प्राप्त भएको छ ।
पतञ्जलि योगपीठ नेपाल सँग आवद्घ भएर योग , आयुर्वेद र अध्यात्म लाई नेपाल राष्ट्रमा घरघर पुगाउन गर्नुभएको योगदान को उच्च सम्मान गर्दै । परम पूज्य स्वामीजी महाराज रामदेव तथा परम श्रद्धेय आचार्य बालकृष्ण महाराज बाट समेत आशीर्वाद प्राप्त भइरहेको छ ।
सम्पूर्ण नेपालीहरू बिचको यौगिक मिलनमा कहिले पनि बाधा अड्चन नआउने गरि हाम्रो बानीव्यवहार र विश्वासमा सधैँ अडिग बनि रहन समेत स्वामीजी र आचार्यजी द्वारा बाट आशीर्वाद प्राप्त भएको पतञ्जलि योग समिति नेपालका केन्द्रिय सदस्य लवराज भट्टले जानकारी दिनुभयो ।