logo
शुक्रबार, साउन २९ २०८३

कमल बाट लागु औषध सहित चार जना युवा प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • शनिबार, पुष २० २०८१

कमल ÷ झापाको कमल गाउँपालिका बाट लागु औषध सहित चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाको संयुक्त गस्ति टोलीले गोप्य सुचनाको आधारमा आज दिउसो ४ बजे कमल गाउँपालिका वडा नम्वर ४ साधुटोल स्थित सिता नेम्बाङको घर बाट सोही वडा निवासी ३९ का धनराज लिम्बु, बर्ष २६ को रोहित नेम्बाङ, बर्ष २३ को राजेश नेम्बाङ र शिवसताक्षी नगरपालिका १ बस्ने बर्ष ३३ का सुरेश निरौलालाई लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका व्याक्तिको शरिर तथा कोठा समेत खानतलासी गर्दा नियन्त्रणमा लिएका मध्ये धनराज लिम्बुको साथ बाट सेतो रबरको बट्टामा प्लाष्टिक भित्र राखेको प्रतिबन्धित लागु औषध खैरो हेरोईन फेला पारेको प्रहरी चौकी केर्खाका वरिष्ठ प्रहरी नायब निरिक्षक चन्द्र बहादुर शाक्यले बताउनु भयो ।

फेला परेको खैरो हेरोईन नापतौल गर्दा प्लाष्टिक सहित १ (एक) ग्राम ४३ मिलिग्राम र प्लाष्टिक बाहेक १ (एक) ग्राम फेला पारी उक्त लागु औषध बरामद गरिएको शाक्यले बताउनु भयो ।

लागु औषध सहित नियन्त्रणमा लिएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीको लागी इलाका प्रहरी कार्यालय दमक बाट थप अनुशन्धान भै रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend