कमल ÷ झापाको कमल गाउँपालिका बाट लागु औषध सहित एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोप्य सुचनाको आजमा प्रहरी चौकी केर्खाका वरिष्ठ प्रहरी नायब निरिक्षक चन्द्र बहादुर शाक्यको कमण्डमा खटिएको प्रहरी टोलिले आज विहान पौने १० बजेको समयमा कमल गाउँपालिका वडा नम्वर ४ ज्योति चौक बाट अन्दाजी वर्ष ३५ का धन वहादर राईलाई लागु औषध सहित प्रहरीले नियन्त्रण लिएको हो ।

नियन्त्रणमा लिएको साईको साथ बाट एक ग्रान ब्राउन सुगर र लागु औषध जोख्न प्रयोग गरिने मेसिन सहित नियन्त्रणमा लिएको र थप अनुसन्धानकालागी ईलाका प्रहरी कार्यलय दमक पठाईएको प्रहरी नायब निरिक्षक शाक्यले जनाकारी दिनुभयो ।