logo
शुक्रबार, साउन २९ २०८३

शहिद धर्मभक्त माविमा निर्वाचित विव्यस सदस्यलाई बधाई तथा शुभकामना


  • उमानाथ भण्डारी
  • बिहिबार, पुष १८ २०८१

कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयमा निर्वाचित विद्यालय व्यवस्थापन समितिलाई बधाई तथा शुभकमना प्रदान गरिएको छ ।

बुधवार सम्पन्न निर्वाचनको प्राप्त मत परिणाम राति अवेर सार्वजनिक गरिएको थियो । प्राप्त मत परिणाम अनुसार पुरुषतर्फ चुडामुनि दाहाल (घोडा ११९) दीपचन्द्र लिम्बु (हाँस ११८) मत प्राप्त गरी खुल्ला तर्फबाट विजयी हुनुभएको छ । त्यसैगरी महिलातर्फ देवी मिश्र ( घडी १२२) र सरस्वती बस्नेत बानिया (बस १२५) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिका संयोजक, कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै दुरेन राई (सतकोण ११६) मानबहादुर रोक्का (जोडी बालक ११४) मत प्राप्त गरी उपविजेता हुनुभएको छ, भने महिला तर्फ अनुसा लाबुङ लिम्बू (आँखा ११२) र छमी हस्दा (फुटबल ११३) मत प्राप्त गरी उपविजेता हुनुभएको निर्वाचन समितिका संयोजक, न्यौपानेले बताउनु भयो ।
निर्वाचित विध्यालय व्यवस्थापन समितिका सदस्यलाई नेकपा एमालेले आज एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकमना प्रदान गरेको छ । निर्वाचित चारै जना नेकपा एमालेको समर्थनमा निर्वाचित हुनुभएको हो ।

अविभावक हरू मध्यबाट निर्वाचन प्रक्रियाद्वारा निर्वाचित चारजना सदस्य, विद्यालय शिक्षक प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्ष सहित सात जनाको समितिले विद्यालयका चन्दादाता, समाजसेवी हरू मध्यबाट दुई जना मनोनयन गरी जम्मा ९ सदस्य विद्यालय व्यवस्थापन समिति तयार गर्ने र सो समितिले आफूहरू मध्यबाट अध्यक्ष चयन गर्ने विद्यालयका शिक्षक मधुसुदन अधिकारीले बताउनुभयो ।
जम्मा ३४१ जना मतदाता रहेको विद्यालयमा २५१ मत खसेको थियो भने ५ मत बदर भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend