logo
शुक्रबार, साउन २९ २०८३

सहारा नेपाल साकोस केर्खा सेवा केन्द्रको एकाईगत साधारण सभा सम्पन्न

सस्थाको शेयर पुँजी १ अरब,६७ करोड बढी


  • उमानाथ भण्डारी
  • बिहिबार, पुष १८ २०८१

कमल ÷ झापाको बिर्तामोड ̶ २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले २८औं वार्षिक साधारण सभा अन्तर्गत एकाईगत साधारण अन्तर्गत आज केर्खा सेवा केन्द्रको साधारण सभा सम्पन्न छ ।

कमल ४ स्थित सिद्धार्थ सामुदायीक भवनको सभा हलमा केर्खा केन्द्रको एकाईगत साधारण सभा सम्पन्न भएको छ । सेवा केन्द्रका व्यवस्थापन समितिका सदस्य उर्मिला रिजालको अध्यक्षता एवं कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्षले न्यौपानेले वित्तिय कारोबारसँगै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा स्थानीय सरकारसँग सहकार्य गर्दै आएको सहारा नेपाल विपन्न परिवार एवं समुदायका लागि एउटा विश्वासिलो सारथी बनेको भन्दै संस्थाको थप सफलताको कामना व्याक्त गर्नु भयो ।

अन्य सहकारी संस्थाहरुको तुलनामा अब्बल संस्थाको रुपमा स्थापित सहारा साकोसले युवाहरुलाई स्वदेशमै आत्मनिर्भर हुन सक्ने युवा लक्षित कार्यक्रमलाई थप सशक्त बनाउँदै अघि बढ्न उपाध्यक्ष न्यौपानेले सुझाव दिनुभयो ।

एकाईगत साधारणसभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका उपाध्यक्ष पवित्रा सुब्बाले आर्थिक वर्ष २०८०÷०८१ असार मसान्त सम्मको वित्तीय विवरण प्रस्तुत गर्दै संस्थाको कुल पुँजी तथा दायित्व १६ अरब, ८३ करोड,३३ लाख, ३६ हजार ४१० रहेको जानकारी दिए । त्यस्तै १ अरब, ६७ करोड, ८६ लाख, १२ हजार ७०० शेयर पूँजी रहेको संस्थामा १२ अरब, ७५ करोड,३७ लाख, ६३ हजार, २०८ निक्षेप रहेको सदस्यलाई जानकारी गराउनु भयो ।

साधारण सभामा संस्थाको नीति तथा कार्यक्रम संचालक सदस्य भोला रिजालले साथै लेखापरीक्षणको प्रतिबेदन संस्थाका शिवगंज सेवा केन्द्रका प्रमुख नारायण पौडेले प्रस्तुत गरेका थिए ।

केर्खा सेवा केन्द्र सदस्य देबीमाया बस्नेतले स्वागत तथा सदस्य तुलसी प्रसाद तिवारीले सञ्चालन गरेको सभाबाट ३ जना अन्तिम माइन्युट प्रमाणित गर्न र १७ जना प्रतिवेदन प्रमाणित गर्ने प्रतिनिधिहरु सर्वसम्मत छनौट भएको केर्खा सेवाकेन्द्र प्रमुख विकास गिरीले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend