logo
शुक्रबार, साउन २९ २०८३

ने.रा.शि. संङ्गठन कमल गाउँ समितिको अध्यक्षमा : गड्तौला 


  • उमानाथ भण्डारी
  • आइतबार, पुष १४ २०८१

कमल ÷ नेपाल राष्ट्रिय शिक्षक संङ्गठन कमल गाउँ समितिको अध्यक्षमा निर्मल गड्तौला सहित २५  सदस्य गाउँसमिति सर्वसम्मत चयन हुनुभएको छ ।

कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न तेस्रो गाउँ अधिवेशनबाट आगामी तिन वर्षे कार्यकालकालागी समितिको उपाध्यक्षमा टेकध्वज योङहाङ महिला उपाध्यक्ष लक्ष्मी ढकाल सचिव टीकादत्त गौतम सहसचिव गंगाराम मिश्र कोषाध्यक्ष दुर्गा प्रसाद पराजुली सहकोषाध्यक्ष दुर्गा बगाले चयन हुनुभएको निर्वाचन समितिका संयोजक रुकमान सुब्बाले बताउनु भयो ।


त्यसैगरी समितिको सदस्यमा दुर्गा प्रसाद भण्डारी, अम्बिका कार्की, अञ्जला संयोक , लक्ष्मण रेग्मी, तीर्थकुमार ताजपुरिया, सरोज श्रेष्ठ, मदन अधिकारी, ईन्दिरा खनाल दाहाल, फणिन्द्रकुमारी अधिकारी, सृजना राजवंशी विमला रिमाल न्यौपाने लयायत २५ जना चयन हुनुभएको निर्वाचन समितिका संयोजक सुब्बाले जानकारी दिनुभयो ।

संङ्गठनका कमल गाउँ समितिका अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि संङ्गठनका जिल्ला समिति अध्यक्ष दोण श्रेष्ठ, शिक्षक महासंघ कमलका अध्यक्ष मोहन बगाले, नेपाल राष्ट्रिय शिक्षक संङ्गठन जिल्ला समिति सदस्य हिमप्रसाद दाहाल लगायतले नव निवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको सञ्चालन संङ्गठनका सचिव श्रीप्रसाद दाहालले गर्नु भएको थियो भने उपाध्यक्ष भिम पेख्रेलले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा संगठन सुदृदिकरणकालागी गरिने एमएलएल कार्यक्रको सहजीकरण संगठनका जिल्ला कोषध्यक्ष तिलक गजमेरले गर्नु भएको थियो ।
अध्यक्षले मधुसुदन अधिकारीले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषध्यक्ष सुमन गौतमले प्रस्तुत गरेको अर्थिक प्रतिवेदन सर्व सम्मत अनुमोदन गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend