कमल । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) झापाको जिल्ला स्तरिय प्याब्सन स्पोर्ट मिट २०८१ (खेलकुद प्रतियोगिता) आज बाट सुरु भएको छ ।
कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सुरु भएको प्रतियोगिताको शिक्षा विकास तथा समन्वय ईकाई झपाका प्रमुख देबेन्द्र बहादुर मल्लाले उद्घाटन गनुर्् भएको थियो ।
खेलकुदले मानसिक तथा शारिरिक रुपमा व्याक्तिलाई स्वास्थ्य बनाउछ भने खेलकुद मार्फत नै आफु र देशलाई विश्वसामु चिनाउन समेत सकिन्छ । त्यसैले खेलकुदलाई जिवनको महत्वपुर्ण पेसाका रुपमा लिएर अगाडी बढ्न खेलकुदमा सहभागी विध्यार्थीलाई शुभकामनाका साथै प्रतियोगिता सफताको समन्वय ईकाई प्रमुख मल्लले शुभकामना दिनुभयो ।
प्रतियोगितामा यस अघी प्याब्सनले आयोजना गरेको पालिकास्तरको खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय सहभागी रहेका थिए ।
दुई दिन सम्म सञ्चालनहुने प्रतियोगितामा छात्र तर्फ १५ वर्ष मुनिको फुटवल, छात्र तर्फ कक्षा १० भन्दा माथीको क्रिकेट, छात्र छात्रा दुबैतर्फ कक्षा ११ र १२ को भलिवल प्रतियोगिता हुने व्याब्सन झापाका अध्यक्ष गौरिमान फागोले जानकारी दिनुभयो ।
छात्र तर्फ १५ वर्ष मुनिको फुटवलमा १४ वटा विध्यालय सहभागी रहेका छन् भने क्रिकेट तर्फ १३ वटा विध्यालय सहभागी रहेको प्याब्सन झापाले जनाएको छ । त्यस्तै कक्षा ११ र १२ को छात्रा तर्फको भलिवलमा १० वटा विध्यालय सहभागी रहेका छन् भने छात्रा तर्फ ९ वटा विध्यालय विच प्रतिष्पर्धा हुने अध्यक्ष फागोले बताउनु भयो ।