कमल ÷ देशैभर विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाईएको छ ।
यसै अवसरमा झापाको कमल गाउँपालिकाले समेत जनचेतनामुलक र्याली र साँझ द्विप प्रज्वलनगरी अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाएको छ ।
जनचेतनामुलक रयालीमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकाल, वडा नम्वर १ का अध्यक्ष केदार कटुवाल, रोजगार शाखाका प्रमुख भरत तिवारी, विभिन्न शाखाका शाखा प्रमुख,कर्मचारी लगायत सरोकारवाला तथा सर्वसाधारणहरु सहभागी रहेको थिए ।
सहभागीहरुले अन्तराष्ट्रि आप्रवासी कामदारहरुको हक हित र अधिकार सम्बन्धिका जनचेतनामुलक सन्देश लेखिएका प्लेकार्ड, ब्यानर सहित र्यालीमा सहभागी भएका थिए ।
सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्षको १८ डिसेम्बरमा नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको छ ।
भव्यताका साथ दिवस मनाई रहँदा अप्रवासी कामदारहरु भने दिवस मनाउनु भन्दा पनि स्थानिय तहले आफुहरुलाई कुनै न कुनै सिप सिकाएर व्यवसायीक बनाईदिए हुन्थ्यो भन्नुहुन्छ कमल गाउँपालिका ३ का शंकर दंगाल । विदेशका लामो समय बसेपछि आफ्नै ठाउँ विरानु भयो नत त्याहाँ सिकेको सिप याहाँ प्रयोग आयो ।त्यसैले स्थानिय तहले हामिलाई याहाँको समय अनुकुल सिप सिकाएर व्यवसायीक बनाउनु पर्ने दंगाल बताउनुहुन्छ ।
लामो समय विदेशमा बसेपछी आफ्नो ठाउँ विरानो लाग्दो रहेछ । आफ्नै गाउँघर नयाँ भएको छ । समाजमा घुलमिल हुनै गारो । वर्र्षौ लगएर सिकेको सिपको कुनै महत्व भएन यस्तो अवस्थामा सम्बन्धित निकायले हामि जस्ता अप्रवासीकालागी दिवस मनाउनु भन्दापनि सिप सिकाएर रोजगार सृजना गर्नुपर्ने कमल २ का दिपक भट्टराई बताउनुहुन्छ ।
सन् १९९० देखी विश्वमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउन थालिएको हो । यसै क्रममा कमल गाउँपालिकाले समेत आप्रवासीहरुको विभिन्न सन्जाल गठन गरेर वहाँहरु हकहित र संरक्षणका निम्ति काम गरिरहेका छौ भने । वहाँहरुको माग अनुसार विभिन्न सिपमुलक तालिम समेत सञ्तालन गरिरहेको कमल गाउँपालिका रोजगार सेवा केन्द्र अन्तर्गत पुनएकीकरण रेमी परियोजनामा कार्यरत परामर्षदाता गंगा पराजुली बताउनुहुन्छ ।
कमल गाउँपालिकाले वैदेशीक रोजगार बाट फर्किएका व्याक्तिलाई स्वरोजगारकालागी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकै छ । यसका साथै वैदेशीक रोजगार बाट फर्किएका व्याक्तिहरुको आत्मासम्मान पुर्वक जिवन जिउनकालागी सामाजिक परिवेस सृजना गर्नुका साथै वहाहरुलाई व्यवसायीक बनाउने तर्फ गाउँपालिका लागेको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
सामान्यतया रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई आप्रवासन भनिन्छ । यो प्रकृयामा सहभागीहरुनै आप्रवासी हुन भन्ने बुझाई छ । आप्रवासीहरु जुन देशमा पुगेको छन त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ ।