logo
शुक्रबार, साउन २९ २०८३

२९ हजार ७ यस अमेरीकन डलर सहित मानिस नियन्त्रणमा


  • कुइनेटो न्युज
  • शुक्रबार, मंसिर २८ २०८१

कमल । २९ हजार ७ यस अमेरीकन डलर सहित प्रहरीले एकजना युवालाई नियन्त्रणमा लिएको छ ।

पुर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा विहिवार दिउसो २ बजेको समयमा कमल गाँउपालिका ३ केर्खा चोक बाट अमेरीकन डलर सहित एकजना युवालाई प्रहरीले लिएको हो ।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरिक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा दमकबाट बिर्तामोड तर्फ जादैं गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार गौरादह नगरपालिका ५ बस्ने बर्ष २५ को मोहम्मद नौसाद मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मियाको साथमा रहेको झोला चेकजाच गर्दा स्रोत नखुलेको अमेरीकन डलर १०० दरका २९७ थान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नियन्त्रणमा लिएको अमेरीकी डलरको तत्कालिन नेपाली दररेट अनुसार ४० लाख ३३ हजार ८५४ रुपैया रहेको छ ।
अमेरीकी डलर सहित फेला परेकोले कानुन बमोजिम बरामद गरी सो सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय झापाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दले बताउनु भयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend