logo
शुक्रबार, साउन २९ २०८३

लखनउमा सम्पन्न एस. क्यु.सी. सम्मेलनमा स्मारिका स्कुल दोस्रो


  • उमानाथ भण्डारी
  • बिहिबार, मंसिर २७ २०८१

कमल । भारतको लखनउमा सम्पन्न २५ औं अन्तराष्ट्रिय विध्यार्थी गुणिय चक्र ( एस क्यु.सी ) सम्मेलनमा स्मारिका स्कुलका विद्यार्थीहरूले द्वतिय स्थान हाँसिल गरेका छन् ।

गत मंसिर १८ गते देखी २२ गते सम्म ( ३ देखी ७ डिसेम्बर २०२४) लखनउमा सम्पन्न एस क्यु.सी   सम्मेलनमा झापाको कमल गाउँपालिका ५ स्थित स्मारिका स्कुलका विद्यातर्थीले द्वतिय स्थान हाँसिल गरेको विध्यालयकी सहायक प्रिन्सिपल लिला देबी न्यौपानेले जानकारी दिनुभयो ।

विश्वकै ठुलो विद्यालय सिटी मन्टेश्वरी स्कुल लखनउमा भएको सम्मेलनमा विश्वभर बाट आएका विद्यार्थी बिच प्रतिपष्र्धा भएको थियो । सम्मेलनमा केस स्टडी र प्रस्तुती, वादविवाद प्रतियोयिता, नुक्कड नाटक,क्वलिट क्विज, पोष्टर एण्ड स्लोगन मेकिङ,कलेज मार्किङ लगाएतका विषयमा विध्यार्थीले प्रस्तुती करण गरेका थिए ।    

प्रस्तुतिकरण गरिएका कार्यक्रममा स्मारिका स्कुलले द्वतिय स्थाथ हाँसिल गर्न सफल भएको (QUEST NEPAL) झापा हवका संयोजक तथा स्मारिका स्कुलका फाउण्डर प्रिन्सिपल गुणराज गिरिले बताउनु भयो ।

५ दिन सम्म सञ्चालन भएको कार्यक्रममा नेपाल,संयुत्त mराज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, श्रीलङ्का, थाइल्यान्ड, मरिसस, बङ्गलादेश, भारत, टर्की लगायत १३ देशका १ हजार ७ सय जना विध्यार्थीले सम्मेलनमा भाग लिएको आयोजकले जनाएको छ ।
सम्मेलनमा भागलिन नेपाल बाट शिक्षक र विद्यार्थी गरी ३०२ जनाको टोली गत मंसिर १७ गते लखनउ प्रस्थान गरेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend