कमल ,जेठ ११ ।पूर्व–पश्चिम राजमाग अन्तरगत झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका १ धरमपुरमा बुधवार विहान भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय प्रकाश राईको घटना स्थलमै मृत्यु भएको हो दुर्घटनामा षडानन्द नगरपालिका–८ भोजपुरका २५ वर्षीय पिचोहाङ्ग राईको पनि मृत्युभएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
पुर्व बाट पश्चिम जादै गरेको प्रदेश १ ०२—०४०प — ७१४९ को पल्सर मोटसाईकललाई पश्चिम बाट पुर्व जादै गरेको को १ ख ७१८५ नम्वरको बसले टक्कर दिदा मोटरसाईकल यात्री दुबै जनाकोे घटना स्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संम्लग्न बस र चालकलाई प्रहरी ले नियन्त्रणमा दिएर कार्यालयले अनुसन्धान गरिरहेको छ ।