logo
शुक्रबार, साउन २९ २०८३

प्याब्सन कमलको पालिका स्तरीय नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

संचारकर्मीका साथै ३ जना सम्मानित


  • कुइनेटो न्युज
  • आइतबार, मंसिर २३ २०८१

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) कमलको पालिका स्तरिय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
दुई दिवसिय कार्यक्रममा पहिलो दिन राष्ट्रिय र साँस्कृतिक नृत्य प्रतियोगिता तथा दोस्रो दिन गायन तथा मोर्डन नृत्य प्रतियोगितामा सम्पन्न भएको थियो । प्रतियोगिता कमल गाउँपालिका ६ स्थित साउथपोल ईजुकेशन फाउण्डेसनको प्राङ्गणमा सञ्चालन गरिएको थियो ।


पहिलो दिन आयोजना गरिएको राष्ट्रिय तथा साँस्कृतिक नृत्य प्रतियोगिता अन्र्तगत राष्ट्रिय नृत्य तर्फ प्रथम निहारीका अंग्रेजी स्कूल, कमल–३ द्वतिय पाथिभरा बोर्डिङ स्कूल, कमल–२ र तृतिय लालिमा बोर्डिङ स्कूल कमल–३ त्यस्तै साँस्कृतिक नृत्य तर्फ प्रथम पाथिभरा अंग्रेजी स्कूल, कमल–२ द्वतिय निहारीका बोर्डिङ स्कूल कमल–३ र तृतिय लालिमा बोर्डिङ स्कूल कमल–३ भएको प्याब्सन कमलका सचिव त्रिलोचन गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी दोस्रो दिन सम्पन्न प्रतियोगिता अन्तर्गत आधुनिक नृत्य तर्फ प्रथम निहारीका अंग्रेजी स्कूल, कमल–३, द्वतिय पाथिभरा बोर्डिङ स्कूल, कमल–२ र तृतिय साउथपोल एजुकेशनल फाउण्डेशन, कमल–६ तथा गायन जुनियर तर्फ प्रथम साउथपोल एजुकेशनल फाउण्डेशन, कमल–६, द्वतिय विद्यासदन बोर्डिङ स्कूल, कमल–१ रतृतिय निहारीका अंग्रेजी स्कूल, कमल–३ तथा गायन सिनियर तर्फ प्रथम फोनिक्स अंग्रेजी बोर्डिङ स्कूल, कमल–४ द्वतिय साउथपोल एजुकेशनल फाउण्डेशन, कमल–६ र तृतिय निहारीका अंग्रेजी स्कूल, कमल–३ भएको कमल प्याब्सनका सचिव गौतमले बताउनु भयो ।

कमल प्याब्सनका हरेक गतिविधीले समग्र कमल गाउँपालिकाको शिक्षा क्षेत्रलाइ अगाडी बढाउन ठुलो मद्धत पुगेको छ । प्याब्सनले हरेक वर्ष सन्चालन गर्ने यस्ता अतिरिक्त क्रियाकलापले विध्यार्थी भित्र भएको फरक क्षमतालाई पैचान मद्धत पुग्ने कमल गाउँपालिका शिक्षा यूवा तथा खेलकुल शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले बताउनु भयो ।

प्याब्सन कमलका अध्यक्ष दिपक संग्रौलाको अध्यक्षता भएको कार्यक्रममा कमल गाउपालिका उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने प्याब्सन झापा अध्यक्ष गौरीमान फागो , ६ नं. वडा अध्यक्ष नरेन्द्र भट्टराई, प्याव्सन झापा वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्की, उपाध्यक्ष जनार्दन ढकाल, सचिब हरीकृष्ण पाठक,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संचारकर्मि सहित विध्यार्थि सम्मान

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) कमलले संचारकर्मी सहित विध्यार्थीलाई सम्मान गरेको छ ।

प्याब्सन कमलको सातौ साधारण सभामा घोषणा गरिएको पुरस्कार पालिका स्तरिय गायन तथा नृत्य प्रतियोगिताको अवसर पारेर संचारकर्मी सहित २०८० को एसईईमा परिक्षमा उत्कृष्ट हुनुभएका दुईजना विध्यार्थीलाई सम्मान गरिएको हो ।

प्याब्सनले सञ्चालन गरेका हरेक गतिविधीलाई संचार माध्यम बाट प्रकासन र प्रसारण गरेर सहयोग गरेको भन्दै कुईनेटो न्युजडटकमका सम्पादक तथा हिमशिखर टेलिभिजनका पत्रकार उमानाथ भण्डारीलाई सम्मान गरिएको थियो ।

त्यस्तै संस्थागत विद्यालय तर्फ २०८० को एसईई परिक्षमा उत्कृष्ट अंक ल्याएर उत्रिण हुनुभएका तथा पाथिभरा बोर्डिङ स्कूल, कमल २ का छात्र प्रशंङ्ग अधिकारी (जिपिए ३.९१) र निहारीका अंग्रेजी स्कूल, कमल–३ की छात्रा कलिना खड्का (जिपिए ३.८७) लाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend