logo
शुक्रबार, साउन २९ २०८३

कमलमा ३३ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सहायक र शैक्षिक सामाग्री वितरण


  • उमानाथ भण्डारी
  • बुधबार, मंसिर १९ २०८१

कमल । झापाको कमल गाउँपालिकामा अपाङ्गता भएका व्याक्तिहरुलाई सहायक सामाग्री वितरण र सामुदायीक विद्यालयहरुमा अध्यायनरत अपाङ्गता तथा कुष्ठ प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको छ ।

“ समावेशी तथा दिगो भविश्यको पुर्वाधार, अपाङ्गता भएका व्याक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने नाराका साथै अपाङ्गता भएका व्याक्तिहरुको ३३ औं अन्तर्राराष्ट्रिय दिवसका अवसरमा सहायक सामाग्री र शैक्षिक सामाग्री वितरण गरीएको हो ।

कमल अपाङ्गता समितीको आयोजना तथा कमल गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रम अन्र्तगत ह्विल चियर १४ जनालाई , सेतो छडी ४ जनालाई र शैक्षिक सामाग्री २९ जनालाई वितरण गरिएको कमल अपाङ्गता समितिका सचिव लोक बहादुर खड्काले बताउनुभयो ।


कमल अपाङ्गता समितिका अध्यक्ष पिताम्वर खड्काको अध्यक्षतामा भएको कार्यक्रमममा कमल गाउँपालिका ५ नम्वर वडा अध्यक्ष लाल बहादुर विष्ट, ६ नम्वर वडा अध्यक्ष नरेन्द्र भट्टराई र कार्यपालिका सदस्य चन्द्रकला सुब्बाले कमल गाउँपालिकाले अपाङ्गता भएका व्याक्तिहरुलागी विभिन्न कार्यक्रम गर्दै आएको र आगामि दिनमा समेत अपाङ्गता भएका व्याक्तिहरुकालागी विभिन्न कार्यक्रम गरिने बताउनु भयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend