कमल । २५ औं अन्तराष्ट्रिय गुणस्तर सर्कलका विद्यार्थीहरुको सम्मेलन ( कन्भेन्सज अन स्टुडेण्ट)मा भाग लिनकालागी आईतवार साँझ नेपाली विद्यार्थी र शिक्षकहरुको प्रतिनिधी मण्डल भारतको लखनउ प्रस्थान गरेका छ ।
विश्वकै ठुलो विद्यालय सिटी मन्टेश्वरी स्कुल लखनउमा हुने सम्मेलनमा भागलिन नेपाल बाट शिक्षक र विद्यार्थी गरी ३०२ जनाको टोली लखनउ प्रस्थान गरेको हो ।
गुणस्तर सर्कलका विद्यार्थीहरुको सम्मेलन (QUEST NEPAL )को समन्वयमा यहि मंसिर १८ गते देखी २२ गते सम्म ( ३ देखी ७ डिसेम्बर २०२४) लखनउमा हुने विभिन्न कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न देशबाट आएका विद्यार्थी बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
लखनउमा सञ्चालनहुने विभिन्न कार्यक्रम अन्तर्गत केस स्टडी र प्रस्तुती, वादविवाद प्रतियोयिता, नुक्कड नाटक,क्वलिट क्विज, पोष्टर एण्ड स्लोगन मेकिङ,कलेज मार्किङ लगाएतका प्रतियोगिता हुने र विश्वभर बाट आएका विद्यार्थी विच प्रतिपष्र्धा हुने त्तग्भ्क्त् ल्भ्एब्ी झापा हवका संयोजक गुणराज गिरिले बताउनु भयो ।
सम्मेलनमा भागलिन झापाको कमल गाउँपालिका ५ मा रहेको स्मारिका सामुदायीक विद्यालय बाट ७ जना विद्यार्थी र २ जना शिक्षक सहित झापा बाट ५२ जना शिक्षक र विद्यार्थी लखनउ तर्फ प्रस्थान गरेको संयोजक गिरीले जानकारी दिनुभयो ।
सम्मेलनमा भागलिन जाने विद्यार्थीलाई अविभावक र शिक्षकले अवीर र खादा लगाएर विदाई गर्नु भएको थियो ।
सम्मेलनमा बाट विद्यार्थीको आत्मवल बढ्नुका साथै एक आपसमा अनुभव आदान प्रदान हुनुका साथै गुणस्तर शिक्षाको प्रवद्र्धनकालागि ठुलो सहयोग पुग्ने छ ।