logo
शुक्रबार, साउन २९ २०८३

प्याब्सन कमलको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा : संग्रौला निर्वाचित


  • उमानाथ भण्डारी
  • शनिबार, मंसिर ८ २०८१

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न तेस्रो अधिवेशनको उद्घाटन प्याब्सन झापाका अध्यक्ष गौरिमान फागोले गर्नु भएको थियो ।

प्याब्सन झापाको सबै पालिकाको अभिवेशन अहिले धमाधम भैरहेको छ । मंसिर १० गते भित्र झापाका सबै पालिकाले आफ्नो अधिवेशन सम्पन्न गर्नेछन् । त्यसपछि पुस मसान्त भित्र जिल्ला अधिवेश तथा माघ मसान्त भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी तयारी रहेको प्याब्सन झापाका अध्यक्ष गौरिमान फागोले बताउनु भयो ।

कमल गाउँपलिकामा शिक्षा क्षेत्रलाई अगाडी बढाउन प्याब्सन कमलको अत्यन्तै महत्वपुण योगदान छ । पालिकाको तर्फ बाट सञ्चलन भएका हरेक कार्यक्रममा प्याब्सनले सहयोग गर्दै आएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने बताउनु भयो ।
व्याब्सन कमलका अध्यक्ष बदीराम राईले व्याब्सन कमलको तर्फ बाट तयार गरिएको सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति धन्यवादका साथै आभार ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रम प्याब्सन कमलका सचिव दिपक संग्रौलाले सन्चालन गर्नु भएको थियो भने विजयशेन थालेले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो । कार्यक्रमा प्याब्सनका जिल्ला तथा छिमेकी पालीका बाट समेत प्रतिनिधहिरको उपथिती रहेको थियो ।

प्याब्सन कमलको अध्यक्षमा :  संग्रौला निर्वाचित

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलको आगामी तिन वर्षे कार्यकालकालागी अध्यक्षमा दिपक संग्रौला सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्याब्सन कमलको शुक्रवार सम्पन्न तेस्रो अधिवेशन बाट सचिबमा त्रिलोचन गौतम कोषध्यक्ष राम आङ्देम्बे तथा सदस्यमा रुपक सापकोटा, र रीता खनाल समेत सर्वसम्मत निर्वाचित हुनुभएकोे निर्वाचन समितिका संयोजक रामहरी घिमिरेले जानकारी दिनुभयो ।

प्याब्सन कमलका अध्यक्ष बदिराम राईको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्याब्सन झापाका अध्यक्ष गौरिमान फागो कमल गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख सुर्य प्रसाद न्यौपाने, प्याब्सनका जिल्ला तथा छिमेकी पालीका तिनिधहिरुले नव निवनिर्वाचित समितिलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend