logo
मंगलबार, कार्तिक ११ २०८३

पुस्तक व्यवसायीका समस्याको चाङ किन बढ्दैछ


  • कुइनेटो न्युज
  • सोमबार, मंसिर ३ २०८१

झापा ।  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सरोज मास्केले देशभरका पुस्तक व्यवसायीहरू अब एकजुट हुनुपर्ने बताउनु भएको छ ।
झापाको बिर्तामोडमा महासंघले आयोजना गरेको जागरण अभियानको दोस्रो दिनको कार्यक्रममा बोल्दै उनले पुस्तक तथा स्टेसरीका व्यवसायीहरू अब पनि एकजुट हुन नसके चारैतिरबाट घेराबन्दीमा पर्ने उनले बताउनुभयो । आफूले सञ्चालन गरेको पुस्तक तथा स्टेसनरी को व्यवसाय बचाउन देशभरका व्यवसायी एकजुट हुनुको विकल्प छैन,’ वहाँले भन्नुभयो ।

उनले देशभर रहेका पुस्तक व्यवसायीहरूलाई महासङको सदस्यता लिएर एउटै मालामा उन्निन आग्रह गर्नुभयो । महासंघले सञ्चालन गरेका हरेक कार्यक्रममा सहभागिताका लागि पनि उनले सार्वजनिक अपिल गर्नुभएको छ । व्यवसायीको पिर, मार्का, अप्ठ्यारा, सारागारा सम्बोधनकै लागि महासंघले जागरण अभियान सुरु गरेको उनले बताउनुभयो ।

कार्यक्रममा महासघका केन्द्रीय सचिव महेश शर्माले पनि पुस्तक तथा स्टेसरीको व्यवसाय टिकाउन व्यवसायीलाई चुनौती भइरहेको बताए । शैक्षिक जनशक्ति विदेश पलायन भइरहने क्रम नरोकिए यो व्यवसाय धराशय हुने उनको तर्क थियो ।

सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्न विदेशी स्टाइलमा कार्यक्रमहरू ल्याउन सके नेपालको शैक्षिक जनशक्ति पलायन हुनबाट जोगिने उनको तर्क छ । उनले भने,’ नेपालमै शिक्षा र त्यसपछि योग्यता अनुसारको रोजगारी पाउने हो भने अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक बाहिरिने शैक्षिक जनशक्तिलाई रोक्न सजिलै सकिन्थ्यो ।’ तर सरकारका शिक्षासँग सम्बन्धित स्थायी कार्यक्रम नहुँदा त्यसको प्रत्यक्ष मारमा पुस्तक तथा स्टेसरी व्यवसायी पनि परेको उनले बताउनुभयो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका झापा अध्यक्ष विनोद सापकोटाले नीजि प्रकाशक, सामुदायिक तथा संस्थागत विद्यालयका संचालक, पुस्तकका अधिकृत विक्रेता का कारण खुद्रा व्यवसायी संकटमा परेको गम्भीर आरोप लगाउनुभयो ।
उत्पादक र वितरक आफ्नै व्यवसायप्रति उत्तरदायी हुन नसक्दा ग्रास लेभलका व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको उनको आरोप छ । ’यस्तै रीतिथिति रहिरहने हो भने केही वर्षमै अधिकांश पुस्तक पसलका सटरहरू बन्द हुने छ । पसलका सटर बन्द भयो भने राज्यलाई कति नोक्सान हुन्छ,’ वहाँले भननु भयो ।

पुस्तक प्रकाशकले विद्यालय, शिक्षक र गैरपुस्तक व्यवसायीलाई क्षणिक आर्थिक लाभको प्रलोभनमा पुस्तक उपलब्ध नगराउन समेत उनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराए । जुन प्रयोजनका लागि व्यवसाय दर्ता गरेर राज्यलाई कर तिरेको छ । त्यही व्यवसाय निर्वाध संचालन गर्न पाउनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा व्यवसायी महासंघका कोशी प्रदेश सचिव दिवाकर भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई लगायतले ब्वयसायीको समस्याका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
अभियानको औपचारिक सत्र पछिको खुल्ला सत्रमा झापाका पुस्तक तथा स्टेसनरी व्यवसायीले आफ्ना समस्याहरू जागरण अभियानमा खटिएका केन्द्रीय पदाधिकारीसँग राख्नुभएको थियो ।

व्यवसायमा आर्थिक समस्या हुन्, पुस्तक खरिद तथा बिक्रीमा एकरुपता नहुनु, व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुनु, निजी विद्यालयका सञ्चालकसँग मोलमोलाइ गर्नु, व्यवसाय संकटमा पर्नु, विद्यालय हातामा पाठ्यपुस्तकको अवैध कारोबार हुनु, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त ऋण को ब्याजमा सहुलियत प्रदान नगर्नु, प्रकाशकहरू बीच अस्वस्थ प्रतिस्पर्धा हुनु, तल्लो तहका व्यवसायीले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसक्नु ब्यवसायीको ठूलो समस्या रहेको बताएका बताउनुभयो ।

पाठ्यपुस्तक कम बिक्री र पाठकको कम चासो हुनु, पुस्तकको मूल्य र लागतको असन्तुलन हुनु, सरकारी सहयोग र प्रोत्साहनको अभाव हुनु, सामाजिक र सांस्कृतिक परिवर्तन हुनु, पढाइको थालनी र पुस्तकको पहुँचमा कमी हुनु, सस्तो पुस्तकमा गुणस्तरको समस्या हुनु जस्ता चुनौती रहेको झापाली व्यवसायीले बताए का थिए ।

यस्ता समस्याहरूलाई समाधान गर्न पुस्तक व्यवसायीहरूले आफ्ना व्यापार मोडेल र मार्केटिङ रणनीतिहरूलाई समय सापेक्ष बनाउन आवश्यक रहेको पनि उनिहरुले सुझाव दिनुभयो ।

जागरण अभियानका क्रममा प्राप्त सल्लाह सुझाव र गुनासालाई लिपिबद्ध गरी केन्द्रीय समितिले सम्बोधन गर्ने अभियानमा खटिएका केन्द्रीय पदाधिकारीले बताएका थिए। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी आशंकी केन्द्रीय महिला सचिव कोपिला गिरीले जागरण अभियानको औचित्य माथि प्रकाश पारेकी थिइन्।

अभियानमा सह कोषाध्यक्ष रविन बराल, केन्द्रीय सदस्य हरि पौडेल राजमणि गौतम विक्रम कार्की कोशी प्रदेशमा परिचालित छन् । नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष जीवन नेपाल को अध्यक्षतामा भएको कार्यक्रम केन्द्रीय सचिव महेश शर्माले गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend