logo
शुक्रबार, साउन २९ २०८३

मुख्य मन्त्री कार्की द्वारा चिल्ड्रेन पार्क निर्माण स्थालको निरिक्षण


  • उमानाथ भण्डारी
  • शनिबार, मंसिर १ २०८१

कमल । झापको कमल गाउँपालिका ३ सानो केर्खामा निर्माण हुनलागेको चिल्ड्रेन पार्क निर्माण स्थालको आज कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले निरिक्षण गर्नु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने चिल्ड्रेन पार्क निर्माण स्थाल १२ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लनगेको हो ।
पार्क निर्माण स्थालको निरिक्षण पछि मुख्यमन्त्री कार्कीले शहरी विकास कार्यलय ईलामका प्रमुख मिलन आचार्यलाई स्थानिय बासीको सहकार्यमा डिपिआर गर्न निर्देशन समेत दिनुभएको थियो ।

पार्कमा जानकालागी गत वर्ष पर्यटन कार्यलय विराटनगर बाट २५ लाख रुपैयाको लागतमा ५८ मिटर लम्वाई र साडे ३ मिटर चौडाईको सडकमा ब्लक लगाउने काम सम्पन्न भएको स्थानिय टिकाराम भण्डारीले बताउनु भयो

पार्कमा स्वमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा सामान, चमेना गृह, खुल्ला जिम खाना रहने गरीको प्रस्ताव पेस गरेको वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend